हर्षालीको पढाई खर्च सलमानले बेहोर्दै !
screennepal
प्रकाशित: २०७२, १३ श्रावण बुधबार
no img

मुम्बई । आफ्नो फिल्म ‘बजरंगी भाईजना’की को–स्टार हर्षाली मल्होत्राबारे सलमान खानले एउटा किस्सा बनाएका छन् । चर्चा गरिएअनुसार हर्षालीको सम्पूर्ण पढाई खर्चको जिम्मा सलमानले लिएका छन् । जसका लागि उनले हर्षालीको परिवारलाई करिब डेढ करोड रुपैयाँ दिइसकेका छन् । तर, हर्षालीकी आमाले भने यस खबरलाई बकवास बताएकी छन् । हर्षालीकी काजलले भनिन्, ‘मलाई यसबारे केही थाहा छैन । कसरी यस्तो हल्ला आयो ?’ उनले यसो पनि भिनन्, ‘यो हुन पनि सक्छ । यस बारेमा सलमानले मलाई केही बताएका छैनन् ।’

SALMAN-HARSHALI
केही विज्ञापनमा आइसकेकी हर्षालीको कअियरलाई लिएर उनकी आमा काजल निकै सतर्कता छिन् । ‘बजरंगी भाईजान’मार्फत हर्षालीले बलिउडमा आफ्नो राम्रो पहिचान बनाएकी छन् । अब उनकी आमा चाहन्छिन्, ‘हर्षालीले अब सानोतिनो भूमिका नगरोस् ।’ पछिल्लो खबरका अनुसार काजलले आफ्नो छोरी हर्षालीलाई कट्रिना कैफको बचपनको भूमिका गर्न दिइनन् । फिल्म ‘प्रेम रतन धन पायो’ का लागि सलमानले पनि हर्षाली उक्त अफर गरेका थिए । तर,उनकी आमाले इन्कार गरिदिइन् ।

Comments