अब्दुल कलाम सोशल मिडिया प्रेमी थिए !
screennepal
प्रकाशित: २०७२, १३ श्रावण बुधबार
no img

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

नयाँदिल्ली । भारतीय पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको निधनपछि सोशल मीडियामा रामै्र छाए । तर, उनी आफै पनि सोशल मिडिया प्रेमी थिए । डा. कलाम सोशल मिडिया ट्विटर र फेसबुकमा पेज दुवैमा सक्रिय थिए । डा. कलामले आफ्नो ट्विटर पेजमा मार्फत ३८ जनाइलाई फलो गरेका थिए, जसमा केही वैज्ञानिक संस्थान, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्रिकेट स्टार बीबीएस लक्ष्मणका अलावा बलिउडका बादशाह अमिताभ बच्चन थिए । पूर्वराष्ट्रपति कलामले ट्विटरमा बलिउडका अमिताभ बच्चनबाहे अरु कसैलाई फलो गरेका थिएनन् । अब्दुल कलामको निधनपछि दिग्गज अभिनेताले शोक व्यक्त गर्दै भने, ‘दीमागका धनी तर बच्चाजस्तै आचरण र सबैका प्रिय पूर्वराष्ट्रपतिको निधन भएको छ । उनको आत्मले चिरशान्ति पाउन् ।’ अमिताभले कलामसँग एक स्मरण सेयर गरेका छन्, । जसमा भनेका छन्, ‘देशका राष्ट्रपति बन्न पहिले जीवनमा एकपटक मात्र उनीसँग कुराकानी गर्ने मौका मिला मिल्यो ।’
१५ अक्टुबर १९३१ मा तमिलनाडुमा एक मध्यमवर्गीय परिवारमा जन्मिएका कलाम भारतको ११औं राष्ट्रपति भएका थिए । प्राथमिक विद्यालयबाटै अध्ययनमा तिक्ष्ण दिमाग भएका कलाम ‘मिसाइल मेन’ का नामले प्रख्यात थिए । उनको निधनले भारतले ‘एक भारतरन्त’ गुमाएको छ ।

Comments