विभिन्न ८ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान
screennepal
प्रकाशित: २०७२, १२ श्रावण मंगलवार
no img

काठमाडौं । चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान–२०७२’ एक समारोहबीच विभिन्न कलाकार र चलचित्रलाई प्रदान गरिएको छ । राष्ट्रपति कार्यालय शित्तल निवासमा मंगलबार आयोजित समारोहमा ८ विधामा पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार प्रदान गरेका थिए ।

???????????????????????????????????????????????????
कार्यक्रममा कलाका तथा निर्देशक नीर शाहलाई ‘चलचित्रकर्मी दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको छ । उनलाई ताम्रपत्रसँगै ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ राष्ट्रपति डा. रामवरणद्वारा प्रदान गरिएको थियो । सरकारी मातहतमा सञ्चालित बोर्डले ०७१ साल वैशाख १ गतेबाट ०७१ चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरुमध्ये उत्कृष्टताको आधारमा पुरस्कृत गरेको हो । जसअन्र्तगत ‘उत्कृष्ट चलचित्र पुरस्कार’ ‘कबड्डी’ले पाएको छ भने निर्देशकको पुरस्कार निश्चल बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’बाट पाए । त्यस्तै, ‘कबड्डी’ कथा, पटकथा र संवाद विधाको पुरस्कार पनि पएको छ । ‘कबड्डी’को लेखन रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको हो ।

??????????????????????????
यस्तै, चलचित्र ‘सम्बोधन’बाट दयाहाङ राईले ‘उत्कृष्ट अभिनेता’को पुरस्कार पाएका छन् भने उत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र ‘लभ यू बाबा’की कलाकार संगम बिष्ट र चलचित्र ‘टलकजंग भर्सेस टुल्के’की ऋचा शर्माले हात पारे । उत्कृष्ट छायांकन र सम्पादनमा ‘झिग्राना’, छायांकनतर्फ शैलेन्द्रध्वज कार्की र सम्पादनतर्फ निमेश श्रेष्ठले पुरस्कार पाएका छन् । आदिवासी जनजाति चलचित्रको विधामा भने चलचित्र ‘मतान’ले बाजी मारेको छ ।
करिब डेढ घन्टा चलेको कार्यक्रममा बोल्दै राष्ट्रपति डाक्टर यादवले चलचित्रले देशको भाषा बोल्नुपर्ने बताउँदै भने, ‘अब नयाँ बन्ने नयाँ संविधानमा सम्पूर्ण चलचित्रकर्मीले जनताको भनाइ राख्नका लागि पहल गर्नुपर्छ ।’ कार्यक्रमकासूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले आफू मन्त्री हुँदा चलचित्र क्षेत्रका लागि केही काम गर्न खोजेको बताए । त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता राजकुमार राइले आफ्नो २ बर्षे कार्यकालमा बोर्डले गर्न सक्ने सबै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सानै, उनले अब बन्ने नयाँ संविधानमा चलचित्र क्षेत्रलाई पनि समेट्ने कुरामा आफू विश्वस्त रहेको बताए । अध्यक्ष राईले भने, ‘अब बन्ने संविधानमा चलचित्र क्षेत्र पनि समेटिने छ भन्नेमा म विस्वस्त छु ।’

Comments