‘बकबास’लाई अनुष्काको सिधै ब्लक
screennepal
प्रकाशित: २०७२, १२ श्रावण मंगलवार
no img

मुम्बई, (एजेन्सी) । माइक्रोब्लगिङ साइट जति लोकप्रिय बन्दैछ, त्यति नै बकबास पनि । सुचना र आफ्नो मनको कुुरा सेयर गर्नका लागि ट्विटर लोकप्रिय भए पनि त्यहाँभित्र केही तत्व बकबासमा रमाइरहेका छन् । सेलिब्रेटी, नेता र मिडियाका लोकप्रिय र चर्चित बन्दै गएको ट्विटरमा बकबास गर्नेहरु देखि बलिउड अभिनेत्री अनुष्का शर्मा दिक्क भइसकेकी छन् । अब यस्ता बकबास स्टाटस पोस्ट गर्नेहरुलाई अनुष्काले सिधै ब्लक गर्ने भएकी छन् । अनुष्काले भनिन्, ‘ट्विटरमा बकवास गर्नेहरुलाई ब्लक गर्नेछु ।’

anushka-sharma3
अनुष्काका अलावा फिल्मेकर, करण जोहर र ऋषि कपूरलगायतका अन्य फिल्मी हस्ती साइबर दुव्र्यवहारको शिकार भइसकेका छन् । त्यही शिकार बन्नबाट जोगिन अनुष्काले ‘ब्लक’ गर्ने निर्णय गरेकी हुन् । उनले पटकङपटक चेतावनीसमेत दिइसकेकी बताएकी छन् । अनुष्काले आइतबार ट्विटरमा लेखेकी छन्, ‘म आफ्नो ट्विटरलाई पोजिटिभ राख्ने कोसिश गदैछु । जसले गैरजिम्मेवार भएर बकवासबाजी गर्छ, त्यसलाई ब्लक गर्नेछु ।’

Comments