आधुनिकसँगै लोकमा देव
screennepal
प्रकाशित: २०७२, १२ श्रावण मंगलवार
no img

काठमाडौं । सुगम संगीतमा पहिचान बनाएका गायक देवराज आलेमगर लोकगीतमा पनि रमाउन थालेका छन् । हाल चौथो एल्बम ल्याउने तयारीमा रहेका देवले केही दिनअघि मात्र ‘ल्वाङ पिरो सोल्टिनी सुपारी चाम्रो’ बोलको लोकगीत रेकर्ड गराए । उक्त गीतको म्युजिक भिडियोसमेत तयार गरिसकेका छन् । ‘म्हेन्दो माया’, ‘जुन नजिकै’जस्ता चर्चित आधुनिक गीत गायक देवले लोकगीत पछिल्लो समय लोकगीत गाउनबारे स्पष्ट पार्दै भने, ‘लोकभाका हाम्रो संस्कृति हो । आफ्नो संस्कृति झल्काउन लोकगीत गाएको हुँ ।’

dev 1
देवले चाँडै नै आफ्नो चौथो एल्बम ‘रुपमति’ ल्याउँदैछन् । यसैबेला लोकगीत गाएर नेपाली मौलिक गीतसंगीतमा पाइला राखेका देवले भने, ‘एउटा गायकले सबै किसिमको गीत गाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’ देवले ०६३ सालमा ‘तिम्रो माया’ नामक एल्बममार्फत नेपाली सांगीतिक क्षेत्रमा करिअर सुरु गरेका हुन् । त्यसपछि उनले लगातार डेढ वर्षको अन्तरालमा एल्बम निकाल्दै आएका छन् । उनको ‘तिम्रो माया’ एल्बमका ‘म्हेन्दो माया’ र ‘जीन्दगीको दोबाटोमा’ जस्ता गीत श्रोतामाझ अझै लोकप्रिय छन् ।

dev
०६० सालमा धादिङ आगिञ्चोकबाट राजधानी छिरेर संगीतमा लागेका देवलाई ‘तिम्रो माया’ एल्बमले नै गायकका रुपमा चिनाएको हो । त्यसपछि ०६८ मा उनले ‘यादहरु’ नामक एल्बम ल्याएका थिए । उक्त एल्बमको ‘तिम्रो बिहे हुँुदैछ रे’ बोलको गीत श्रोताले मन पराएको देवले सुनाए । अहिले उनी ‘रुपमति’ को तयारीमा गर्दैछन् । यस एल्बमका लागि रेकर्डिङ समेत भइसकेको उनले बताए । उनले चौथो एल्बमका लागि धेरै मिहिनेत गरेको पनि बताए । ‘यसपटक अझ धेरै मिहिनेत गरेर एल्बम ल्याउँदैछु’ उनले भने, ‘एल्बमको केही म्युजिक भिडियो सार्वजनिक समेत गरिसकेको छु ।’

Comments