चाबहिलमा ‘फेसियल हाउस’को नयाँ शाखा
screennepal
प्रकाशित: २०७२, ११ श्रावण सोमबार
no img

काठमाडौं  । सौन्दर्य क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाएको काठमाडौं मलस्थित ‘फेसियल हाउस’ले सोमबारबाट आफ्नो नयाँ शाखा सुरु गरेको छ । अभिनेत्री झरना थापा, नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर र व्युटिसियनहरुको छाता सँस्था एबिसी ह्याण्डकी अध्यक्ष सीता पाठकले फेसियल हाउस चावहिलको सोमबार सँयुक्त उद्घाटन गरे । अभिनेत्री झरना थापाले नारीहरुको सुन्दरताको लागि फेसियल हाउसले आफ्नो छुट्टै परिचय बनाएको भन्दै नयाँ साखाको सफलताको कामना गरिन् । फेसियल, हेयर डिजाईन देखि आफ्नो सौन्दर्य प्रशोधनमा आउँदा दिनमा आफु फेसियल हाउससँग सहकार्य गर्ने पनि थापाले बताईन् ।

f2
घरयासी महिलाहरुलाई आधुनिक किसिमका सौन्दर्य प्रशिक्षण दिएर फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले महिलाहरुलाई रोजगारीसँगै सुन्दरता पस्किएको धारणा हेमा मानन्धरले कार्यक्रममा राखिन् । व्युटिसियन पेशालाई उधोगको रुपमा लिएर सरकारले विभिन्न सुविधा दिनु पर्ने पनि मानन्धरले बताईन् ।

ffff
यस्तै, एबिसी ह्याण्डकी अध्यक्ष सीता पाठकले मुलुकमा १० हजार महिलाहरु व्युटिसियन पेशामा लागेको बताउँदै यो पेशा अहिले निकै सम्मानित भएको छ भनिन् । दुई दशक अघि आफु यो पेशामा लाग्दा कापल काट्ने काम गरि भनेर हेला गर्नेहरुले आहिले यो पेशाको सम्मान गर्न थालेको पनि उनले बताईन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले व्युटिसियन क्षेत्रमा आधुनिक प्रविधि र प्रयोग फेसियल हाउसले भित्राएको बताउँदै अझ धेरै पुरुष महिलालाई सौन्दर्य सम्बन्धि सेवा दिन चावहिलमा पनि शाखा खोलिएको बताईन् । चाबहिल शाखाकी सँयोजक व्युटिसियन सुधा प्रसाईले ‘बडी केयर, हेयर केयर, स्किन केयर, हेयर कटिङ देखि अहिलेका विभिन्न नयाँ सौन्दर्य सेवा आफुहरुले चावहिल साखाबाट दिने जानकारी गराइन् ।

Comments