संघर्षको अर्को नाम विनोद खम्बु !
screennepal
प्रकाशित: २०७२, १० श्रावण आईतवार
no img

काठमाडौं । भनिन्छ, ‘संघर्षको फल मीठो हुन्छ ।’ यो भनाइ भन्नेलाई भन्दा भोग्नेलाई राम्ररी थाहा हुन्छ । नत्र गायक तथा संगीतकार विनोद खम्बुलाई सोधे हुन्छ । उनी भन्छन्, ‘संघर्ष र मिहिनेतको प्रतिफल भनेकै सफलता हो । सफलता मीठो नहुने कुरै भएन ।’ यहाँसम्म आइपुग्दा विनोदले नेपाली सांगीतिक क्षेत्रमा ठ्याक्कै एक दशक संघर्ष गरिसकेका छन् ।

binod khambu 2

Binod Khambu, Singer.

पछिल्लो समय विनोदले आफ्नो मिहिनेतको प्रतिफल स्वाद चाखिरहेका छन् । उनलाई गाउन र संगीत गर्नुलाई भ्याइ नभ्याइ छ । चारैतिरबाट कार्यक्रमका लागि प्रस्ताव आइरहेको छ । यी सबै उनका लागि मिहिनेत र संघर्षको मीठो फल हुन् । तर, आफूलाई यहाँसम्म ल्याइपु-याउन अर्थात् गायक तथा संगीतकार ‘विनोद खम्बु’ भनेर चिनाउनलाई कतिसम्म पापड पेले भन्ने त विनोदलाई मात्र थाहा छ । उनको संघर्षका अनगिन्ती खुड्किला दर्शाएर साध्य पनि छैन । उनी भन्छन्, ‘म यति भन्छु, गायक बन्ने रहरमा भारी नै बोकेको छु । ती दिन जिन्दगीमा कहिल्यै बिर्सने छैन ।’

binod khambu 1
विनोद अहिले आधुनिक, पप र लोकपपमा मात्र नभएर चलचित्र संगीतकारका रूपमा समेत चिनिन्छन् । गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल राख्ने विनोद भन्छन्, ‘कर्म र संघर्ष गर, एकदिन सफलता पाउँछौ भन्ने भनाइ नै छ । म यसै भनाइमा विश्वास गर्छु ।’ ०६३ सालबाट नोपाली सांगीतिक क्षेत्रलाई व्यावसायिक बनाएर संघर्ष गर्दै आएका उनी नेपाली चलचित्र ‘वसमा छैन मन’ मा संगीत गरेपछि चम्किन थालेका हुन् ।
उक्त चलचित्रको शीर्ष गीत यति धेरै लोकप्रिय भयो कि सायद सो गीत नसुन्ने नेपाली संगीतप्रेमी श्रोता नै छैनन् । विनोद भन्छन्, ‘गाउन त अरू गीत पनि राम्रै गाएको छु । गाउँदै पनि आएको छु । तर, वसमा छैन मनले श्रोता÷दर्शकमा चिनिएको छु ।’ ०५५ सालतिरै रेडियो नेपालमा ‘गुराँसै लालुपाते फूल्यो’ बोल गीत गाएर संगीतलाई अँगालेका विनोदले त्यसपछि ‘बैशाख–२२’ नामक एल्बम ल्याएका थिए ।

Binod khambu
उनका अनुसार उक्त एल्बमको ‘झन्–झन् खायो झन् मीठो तीन पाने रक्सी’ र ‘सोल्टी भन्छन् म बुढोलाई हौं’ बोलको गीत श्रोताले औधि रुचाए । त्यस्तै, ‘झझल्को आइरहन्छ लैलै’ पनि विनोदको चर्चित गीत हो । यिनै गीतले उनलाई विदेशी माटोसम्म पु-यायो । नेपालका अधिकांश सहरमा आफ्नो सांगीतिक प्रस्तुती पस्किसकेका विनोद भन्छन्, ‘चाँडै दोस्रोपटक हङकङ जाँदैछु ।’‘वसमा छैन यो मन’ का अलावा ‘जादुगर’, ‘म बिर्सं कसरी’, ‘बजार’, ‘रामजाने’ लगायतका करिब एक दर्जन नेपाली चलचित्र र डेढ सय गीतमा संगीत दिइसकेका विनोदले ३० भन्दा बढीमा आफ्नै स्वर दिएका छन् । गायनबाट करिअर सुरु गरेका विनोदले पछिल्लो समय भने संगीत सिर्जनालाई प्राथमिकता दिन थालेका छन् । यसको मुख्य कारण पैसा नै हो । उनी भन्छन्, ‘आफूले गाउँदा पैसा लाग्छ, संगीत गर्दा कमाइन्छ । त्यसैले बाँच्नका लागि पनि संगीतमा जोड दिन थालेको छु ।’ संगीतलाई जोड दिए पनि दशैंलगत्तै एकल एल्बम ल्याउने तयारी गरिरहेको उनले सुनाए ।

Comments