‘इच्छा पु-याइदेउ’ भन्दै सुनिताको छमछमी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ९ श्रावण शनिबार
no img

sunita

काठमाडौं । ‘तिज क्वीन’ का रुपमा चिनिएकी गायिका सुनिता दुलालले यसपटकको तिजका लागि आफ्नो गीत सार्वजनिक गरेकी छन् । अहिलेसम्म अविवाहित रहेकी लोकदोहोरी गायनकी यी चर्चित गायिकाले ‘इच्छा पु¥याइदेउ’ भन्दै गीतमार्फत यसपाली शिवजीसँग वर मागेकी छन् । हिन्दु महिलाहरुको विशेष पर्वका रुपमा लिइएको तिजमा व्रत बस्दा आफूले चाहेजस्तो वर (पति पाइने र विवाहितले पतिको दीर्घायुका लागि व्रत बस्ने गरेका छन् । तर, पछिल्लो केही वर्षयता तिज व्रतमा मात्र सिमित छैन । गीतसंगीतमा समेत तिज छाउन थालेको छ । सुनिताले केही वर्षयता निरन्तर तिजमा गीत ल्याउँदै आएकी हुन् । तर, यसपाली भने उनले वरै मागेकी छन् । सुरेश अधिकारीको शब्द÷संगीत रहेको उक्त गीतमा गोविन्द राईको कोरियोग्राफीमा सुनिता आफै छमछम नाचेकी छन् । पुरुष मोडलमा भने दिक्पाल कार्कीलाई देख्न सकिन्छ । यस तिजको म्युजिक भिडियोलाई कमलमदेवी डिजिटलले श्रोता÷दर्शकमाझ ल्याएको हो ।

https://www.youtube.com/watch?v=teatV1G1OU8

Comments