‘पेट लुकाउँनै मुश्किल’
screennepal
प्रकाशित: २०७२, ५ श्रावण मंगलवार
no img

लस एन्जलस, (एजेन्सी)  । अमेरिकन रियालिटी टिभी स्टार किम कार्दासियन र ‘बोल्ड’ पर्याबाचीजस्तै हो । उनी ‘बोल्ड’ भएकै कारण सधै चर्चामा छाइरहेकी हुन्छिन् । तर, यसपटक भने आफ्नो ‘प्रेगेन्सी’ शरीर आफैलाई ‘बोल्ड’ लागेको छ । यसअघि ‘पे्रगनेन्सी’ फोटोसुटसमेत गराइसकेकी किम चाँडै दोस्रो सन्तानकी आमा बन्दैछिन् । तर, उनका लागि अहिले आफ्नो ‘प्रेगनेन्सी’ शरीर लुकाउन सबैभन्दा कठिन काम बनेको छ ।

????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
किम भन्छिन्, ‘२०१५ को मेट गाला समारोहको दौरानमा मलाई आफ्नो गर्भावस्था लुकाउन यस वर्षकै सबैभन्दा मुश्किल काम लाग्यो ।’ साता दिनअघि न्यूयार्क सिटीमा आयोजित समारोहमा किम सुनौलो सेतो पारदर्शी गाउनमा देखिएकी थिइन् । किमसँगै उनका पति केनी वेस्ट पनि थिए । जहाँ उनको पेट लुकाउँने प्रयास गर्दागर्दै पनि ठूलो देखिएको थियो । वेस्टको तर्फबाट किमले दोस्रो सन्तान पाउन लागेकी हुन् । किमले अमेरिकाको एक पत्रिकालाई बताएकी छन्, ‘त्यो कार्यक्रममा मलाई आफ्नो गर्भावस्था लुकाउन हम्मे भएको थियो ।’

kim
किमले अगाडि भनेकी छन्, ‘समारोहमा सहभागीको दौरान रेड कार्पेटमा मैले सासै रोक्नुपरेको थियो । पेट ठूलो देखिन्छ भनेर सास तानेकी थिए । सकेसम्म म आफ्नो पेटलाई सानो देखिइयोस् भन्ने चाहन्थेँ ।’ हुन त त्यो समारोहमा मात्रै नभएर उनले आफ्नो रियालिटी टीभी सो घोषणामा पनि आफ्नो पेट लुकाएकी थिइन् । उनले आफ्नो गर्भावस्थाको राज देखिनुका पति केनी वेस्टलाई श्रेय दिइन् ।

Comments