‘अनप्लग’मा चिरञ्जिवी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ३० असार बुधबार
no img

chirnjeeni

काठमाडौ । गायक तथा संगीतकार चिरञ्जिवी भन्डारी ‘अनप्लग’मा दर्शक तथा श्रोतामाझ देखिएका छन् । गायनबाट संगीतकार रुपमा चर्चा बटुल्दै आएका चिरञ्जिवी ‘म भन्छु यो गर’ बोल गीतको म्युजिक भिडियो ‘अनप्लग’शैलीमा देखिएका हुन् । जुन गीत म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको भिडियो गीतकार शंकर कँडेलको एल्बम ‘सान्नानी’ को हो । एल्बममा गायक चिरञ्जिवीको चार वटा गीतमा संगीत रहेको छ । अन्य गीतमा भने बसन्त सापकोटा र अनुप रेग्मीको संगीत रहेको छ । फरक गायन शैलीका कारण ‘नेपाली मिका सिंह’का रुपमा चर्चामा रहेका गायक चिरञ्जिवीले ‘अनप्लग’ टाइपमा ल्याएको पहिलो भिडियो हो यो । एल्बममा शिव परियार, प्रमोद खरेल, मनोजराज, अञ्जली रेग्मीलगायतका गायक/गायिकाको स्वर रहेको छ ।

https://www.youtube.com/watch?v=rrTCW_TpRLc&feature=youtu.be

Comments