‘सोमबार पोर्न फिल्म हेर्न रुचाउँछन् महिला’
screennepal
प्रकाशित: २०७२, २९ असार मंगलवार
no img

पोर्न फिल्म हेर्ने चार जनामध्ये एक महिला हुन्छन् । हालै गरिएको एक सर्वेक्षणले यस्तै देखाएको छ । सर्वेमा भनिएको छ, ‘संसारमा सबैभन्दा बढी पोनोग्राफी साइट लग–इन गर्नेहरुमा चौथो युजर एक महिला छन् । त्यसमा ३५ वर्षभन्दा कम उमेरका बढी रहेका छन् ।’ पोर्न हब साइटमा गएर फिल्म हेर्ने २४ प्रतिशत महिला छन्, जसमा भिडियो भ्यू ७८ बिलियन हुनजान्छ । रिसर्चमा भनिएको छ, ‘स्मार्टफोन यसको एक प्रमुख कारण हो, अधिकांश महिलाको हातमा स्मार्टफोन छ र उनीहरु स्मार्टफोनमै बढी फिल्म हेर्छन् ।’

women

सिम्बोलिक तस्बिर

यो आँकलन वेबसाइट्सको ट्राफिक तथा एनालिटिक्स डाटाको आधारमा तयारी गरिएको हो । अध्ययनका अनुसार वेबसाइट युजरले मोबाइलमा ६० प्रतिशत, ७ प्रतिशत आफ्नो टेयावलेट र ३३ प्रतिशतले कम्प्यूटरमा पोर्न फिल्म हेर्ने गरेको पाइएको छ । वेबसाइट्सबाट प्राप्त डाटाका अनुसार सोमबारको दिन महिला युजरले सबैभन्दा बढी पोर्न फिल्म हेर्ने गरेका छन् जबकि शनिबार तुलनात्मक रुपमा त्योभन्दा थोरै कम छ । पोर्न साइटको ६० प्रतिशत भ्यूअर्स ३५ वर्षभन्दा कम उमेरका छन् । उनीहरुले रातको ११ बजेपछि पोर्न साइट्स खोल्छन् र १० मिनटसम्म उक्त साइट्समा बस्ने गरेको अध्ययनले देखाएको छ ।
यसरी साइट सर्च गर्दै जाँदा रियालिटी स्टार किम करदाशिय सबैभन्दा अगाडि छिन् । उनको सेक्स टेप भिडियो अहिलेसम्म ९३ मिलियन भन्दा बढीले हेरिसकेका छन् । यो अहिलेसम्म सबैभन्दा बढी हेरिएको भिडियो पनि हो । २००७ मा किमको उक्त भिडियो लि भएको थियो । आफ्ना पति केन्या वेस्टका साथ किमले न्यूड फोटोशुट गरेको पनि निकै लोकप्रिय छ । पोर्नहबका अनुसार यूरोपमा सबैभन्दा धेरै ब्रिटेनको पोर्न फिल्म हेरिन्छ । यूजर्सको मामलामा अमेरिका र क्यानडा त्यसपछि छन् । क्विट पोर्न एडिक्शन यूकेमा एक काउन्सलिङ कम्पनी छ, त्यो कम्पनीले पनि डाटा दिने गरेको छ । सर्वे कम्पनीका अनुसार उनी कहाँ आउँने तीन ग्राहकमध्ये  एक महिला हुन्छ । (एजेन्सी)

Comments