‘च्याम्पियन’ बन्न क्रिकेट सिक्दै दिक्पाल
screennepal
प्रकाशित: २०७२, २८ असार सोमबार
no img

dikpal 1

काठमाडौं । यतिखेर नेपालले टि–२० विश्व कप छनोट खेल खेलिरहेको छ । यसैबेला मोडल तथा अभिनेता दिक्पाल कार्की पनि च्याम्पिन बन्ने दौउमा क्रिकेट प्रशिक्षण लिइरहेका छन् । दुई सातायता क्रिक्रेट प्रशिक्षण लिइरहेका दिक्पालले भने, ‘क्रिकेटमा च्याम्पियन हुन प्रशिक्षण लिएको हुँ । तर, म रियलमा नभएर रिलमा च्याम्पियन बन्न लागेको हुँ ।’ दिक्पाल चलचित्र ‘च्याम्पियन’ का लागि मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।
चलचित्रमा उनले क्रिकेटरको भूमिका निर्वाह गर्नुपर्ने छ । त्यसैले क्रिकेटबारे जानकारी लिन प्रशिक्षण लिएको दिक्पालले बताए । ‘आफ्नो भूमिकालाई जीवन्त देखाउन वर्कशप गरेको हुँ’ दिक्पालले भने, ‘सुटिङ सुरु हुनुभन्दा अगाडि नै आफूलाई प्रिपियरमा राख्नु राम्रो हो ।’ निर्माणपक्षका अनुसार ‘च्याम्पियन’ क्रिकेट खेलमा आधारित चलचित्र हो । चलचित्रमा यसअघि निखिल उपे्रतीले अभिनय गर्ने बताइएको थियो । तर, निखिल आफ्नो चलचित्र ‘भैरव’ को प्रमोसनमा व्यस्त भएकाले उनको स्थानमा दिक्पाललाई लिइएको हो ।

dikpal
बीबी फुयाँलले निर्देशन गर्ने ‘च्याम्पियन’ दिक्पालको दोस्रो चलचित्र हुनेछ । यसअघि उनले शम्भु प्रधानको ‘रंग बैजनी’मा मुख्य भूमिकामा देखिएका थिए । मोडलिङबाट ग्ल्यामर्स क्षेत्रमा करिअर बनाएका दिक्पालको पहिलो चलचित्र ‘रंग बैजनी’ले खाशै सोचेजस्तो व्यापार गरेन । प्रमोसन नपुगेकै कारण ‘रंग बैजनी’ एक राम्रो चलचित्र भएर पनि सफल हुन नसेपछि दिक्पाल मुम्बई हानिएका थिए । त्यहाँ उनले समयको सदुपयोग गर्दै अभिनयको प्रशिक्षण लिए । म्युजिक भिडियो र विज्ञापन मोडलिङमा जम्दै आएका दिक्पाल केही समयअघि मात्र मुम्बईबाट फर्के हुन् । दिक्पाललाई अब दर्शकले ‘च्याम्पियन’ मा देख्नेछन् । दिक्पाल भन्छन्, ‘यसअघि जे भयो सकियो, अब च्याम्पियनमा मिहिनेत गर्ने हो ।’ ‘च्याम्पियन’ को छायांकन साउनको पहिलो साताबाट सुरु हुने बताइएको छ । डेकमणि पोखरेलको निर्माण रहने यस चलचित्रमा अहिलेसम्म नायिकाको भने टुंगो लागेको छैन । निर्माणपक्षले चलचित्रका लागि नयाँ अनुहारको नायिका खोजिरहेको छ । चलचित्रमा टंक बुढाथोकीको संगीत र कविराज गहतराजको नृत्य निर्देशन रहने पक्का भएको छ ।

Comments