‘हिरो’मा सुनिल शेट्टीका छोरी अतियाको यस्तो रुप !
screennepal
प्रकाशित: २०७२, २७ असार आईतवार
no img
atia-shetty-

सुनिल शेट्टीका छोरी अतिया

मुम्बई । फिल्म ‘हिरो’मार्फत बलिउडमा दुई सेलिब्रेटीका सन्तान डेब्यु गर्दैछन् । फिल्ममा आदित्य पन्चोलीका छोरा सुरज पन्चोली र अभिनेता सुनिल शेट्टीका  छोरी अतिया शेट्टी बलिउडमा डेब्यू गर्न लागेका हुन् । फिल्ममा अतिया कस्तो देखिँदैछिन् भन्ने अब गोप्य रहेन किनकि, उनको फस्र्टलुक रिलिज गरिएको छ । यस फिल्मलाई अभिनेता सलमान खान र सुभाष घईले संययुक्त रुपमा निर्माण गरेका हुन् । जसलाई निखिल आडवाणीले निर्देशन गरेका छन् ।
आफ्नो फिल्म ‘बजरंगी भाईजान’ को रिलिजपछि सलमान ‘हिरो’ को प्रमोशनमा जुट्ने भएका छन् । बजरंगी भाईजान’ यही आउँदो शुक्रबार रिलिज हुँदैछ । सलमान फिल्म ‘हिरो’ बाट पनि उत्साहित छन् । यो फिल्म ४ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

hero

Comments