पहिलोपटक राज्यबाट आदिवासी चलचित्रकर्मीहरुलाई सम्मान
screennepal
प्रकाशित: २०७२, २७ असार आईतवार
no img

3

काठमाडौ । आदिवासी चलचित्रकर्मीहरु निकै खुसी भएका छन् । पहिलोपटक चलचित्र विकास वोर्डले सम्मान गरेपछि उनीहरु खुसी भएका हुन् । शनिबार चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषी प्रवद्र्धन समितिले विभिन्न आदिवासी चलचित्रकर्मीहरुलाई सम्मान ग¥यो । ०७१ सालमा निर्मित आदिवासी जनजाति तथा मातृभाषी चलचित्रलाई विकास वोर्डमा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको हो । यसरी पहिलोपटक राज्यको तर्फबाट आयोजना गरिएको कार्यक्रममा सम्मान पाउँदा आदिवासी चलचित्रकर्मीहरु फुरुंग भए ।

2
०४४ सालमा नेवार भाषा, संस्कृति र विषयवस्तुमा ‘शिलु’  निर्माण भएदेखि आदिवासी चलचित्र निर्माण सुरु भएको थियो । त्यसपछि लगातार आदिवासी चलचित्र निर्माण हुँदै आएका छन् । तर, यस्ता चलचित्रलाई राज्यले खाशै स्थान दिएको छैन । ०४७ सालमा थारु भाषामा ‘करम’, ०४९ मा लिम्बु भाषामा ‘तरेबा’, ०५१ सालमा मगर भाषामा ‘लंघन’ ०५२ सालमा गुरुङ भाषामा  ‘पाते’, राई भाषामा ‘सायाबुङ’  र तामाङ भाषामा ‘सेमरी छोरङान’ जस्ता विभिन्न आदिवासी विषयवस्तुमा चलचित्र बन्ने क्रम अगाडि बढेको थियो । तर, यसरी आदिवासी चलचित्र दायरा फराकिलो हुँदै गए पनि राज्यले कुनै सुविधा दिएको छ्रन । हालसम्म राज्यबाट दर्ता, सेन्सर, वितरण र प्रवद्र्धनमा सहयोग र सुविधाको अपेक्षा गरिरहेका आदिवासी चलचित्रकर्मीहरु पहिलोपटक सम्मानित हुँदा प्रफुल्लित नहुने कुरै भएन । सम्मानीत भएपछि आदिवासी चलचित्रकर्मीहरुले भने, ‘अब राज्यले आदिवासी चलचित्रकर्मीलाई पनि राज्यले स्थान दिनुपर्छ ।’ चलचित्र विकास वोर्डमा निर्माता राजकुमार राई अध्यक्ष भएर गएपछि उनीहरु सम्मानीत भएका हुन् । यो राजकुमारले आफ्नो कार्यभार सम्हालेपछिको सबैभन्दा ठूलो उपलब्धी पनि सावित भएको छ ।

1
सम्मानित हुने चलचित्र तथा चलचित्रकर्मीमा ‘छ हे मदुसा’ (नेपाल भाषा, निर्देशक बिनोद बज्रचार्य), ‘प्रतिक फुल’ (थारु, निर्देशक परशुराम चौधरी), ‘केवाः कोःक्मा (लिम्बु, निर्देशक रवि शेर्मा), ‘रैया’ (मगर, निर्देशक मेकबहादुर पुन), ‘युम्पो देउराली’ (गुरुङ, निर्देशक बेदबहादुर गुरुङ) ‘म्हेन्दो’ (तमाङ, निर्देशक अमिर दोङ), ‘मतान’ (राई, निर्देशक बिनोद श्रेष्ठ) र ‘क्योङ’ (सुनुवार, निर्देशक आषिश सुनुवार) रहेका छन् । आदिबासी जनजाती मात्रीभाषा चलचित्र प्रबर्दन समितीमा युवराज मास्के, अरुण प्रधान, ज्योतिराज राई, प्रितम गुरुङ, रेणु चौधरी र केशव राई सदस्य रहेका छन् ।
कार्यक्रममा आदिवासी जनजाति मातृभाषी प्रवद्र्धन समितिका  सदस्य अरुण प्रधानले कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए थिए । आदिवासी जनजाति चलचित्रकर्मी संघहरुको प्रतिनिधित्व गर्दै गुरुङ फिल्म अशोसिएसन नेपालका अध्यक्ष वेदबहादुर गुरुङले आदिवासी चलचित्रहरुको निर्माणमा स्तरोन्नति गर्दा बजार व्यवस्थापन हुँदै जाने आफ्नो धारणा राखेका थिए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान अध्यक्ष प्रतिमाया पुन मगरले यस्ता कार्यक्रमले आफूलाई उत्साहित बनाएको बताइन् । उनले भनिन्, ‘आज यतिका समय गरेको संघर्षलाई स्मरण गरेकी छु ।’ यस्तै, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले अझै पनि आदिवासी चलचित्रहरुलाई राज्यबाट सहयोगको खाँचो रहेको रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आदिवासी चलचित्रहरुलाई राज्यबाट विभेद हुन नहुने, सहयोग गर्नुपर्ने आवश्यकता रहेको र विकास बोर्डबाट सहयोग बढाउँदै लगिने योजना रहेको सुनाए ।

Comments