भिडियो एडिटरदेखि मोडलसम्म दधी (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, २७ असार आईतवार
no img

11741793_1597251797221102_2092671317_n

काठमाडौं । एक भिडियो एडिटरले अभिनय पनि राम्रो गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् दधी ‘युएसए’ । हालमा अमेरिका रहँदै आएका दधी कुसल भिडियो एडिटर हुन् । तर, उनी अहिले मोडलका रुपमा चिनिन थालेका छन् । दधी भन्छन्, ‘कम्युटर इन्जिनियर बन्ने मेरो सानैदेखि सौख थियो । त्यसैले कम्युटर सिक्न थालेँ । कम्युटर सिक्दासिक्दै भिडियो एडिटर बनेको हुँ ।’ म्युजिक भिडियोमा मोडलिङ गर्नु आफ्नो रहर भएको उनले बताउँदै उनले भन्े, ‘सुरुमा रहर भए पनि अहिले उद्देश्य बनेको छ ।’ गायक प्रमोद खरेलले गाएको ‘सम्झना’ एल्बमको ‘म त तिमीविना’ बोलको गीतमा अभिनय गरेपछि उनलाई मोडलिङप्रति रहर र इच्छा बढ्न थालेको हो । उक्त गीतमा उनले मोडल सुप्रियासँग मोडलिङ गरेका छन् । पछिल्लो समय इडिटिङसँगै म्युजिक भिडियो निर्देशन र छायांकन पनि गर्न थालेको उनले सुनाए । हालै मात्र आफ्नै तीन वटा म्युजिक भिडियो निर्देशन गरेको उनले बताए । उनले भने, ‘अब म इडिटिङमा मात्र सिमित हुन्न, म्युजिक निर्देशनलाई पनि निरन्तरतन दिँदै जानेछु ।’

Comments