‘मोडल हन्ट’मा ७० मोडल
screennepal
प्रकाशित: २०७२, २१ असार सोमबार
no img

काठमाडौ । ‘मोडल हन्ट नेपाल–२०१५’ मा ७० मोडल छनोट भएका छन् । जसमा ३५ महिला र ३५ पुरुष रहेका छन् । राजधानीमा आयोजित दुई चरणको प्रारम्भिक छनोटबाट यी मोडल छानिएका हुन् । यी मोडलहरु  अन्तिम स्पर्धाका भिड्नेछन् । आयोजक संस्था नेक्स्ट मोडलस्का अनुसार प्रतियोगीताको अन्तिम प्रशक्षिण बिहिबार हुने भएको छ ।

model

‘मोडल हन्ट नेपाल–२०१५’ मा अडिसन दिँदै एक मोडल ।

इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा सफल मानिएको यो प्रतियोगीतामा नेक्ष्ट मोडलस्ले गर्न लागेको हो । आयोजकका अनुसार युवायुवतीको प्रतिभालाई प्रोत्साहित गर्नका साथै अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता थालिएको हो । संस्थाका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगीहरुलाई व्यक्तित्वविकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रशिक्षण दिइने छ । प्रतियोगिताको शीर्ष विजेतासहित एक दर्जन उप–विधामा पुरस्कृत गरिने छ । प्रतियोगिताको अन्तिम स्पर्धा २३ साउनमा राजधानीमा हुनेछ ।

Comments