यो धर्तीकै जुन हौंकी आकाशको जुन तिमी
screennepal
प्रकाशित: २०७२, १७ असार बिहीबार
no img

alisha-rai-3
नेपाली साँगीतिक क्षेत्रमा दिनानुदिन गीत रेकर्डिङसंगै गीतको म्युजिक भिडियो बनाउने क्रम बढिरहेको छ | यसैविच गत सोमबार गायक राजेश पायल राई र गायिका दिपा लामाको स्वरमा रहेको यो धर्तीकै जुन हौंकी आकाशको जुन तिमी बोलको गीतको म्युजिक भिडियो छायाँकन सम्पन्न भएको छ |
कलाकार पार्बन राईको निर्देशनमा छायाँकन भैरहेको उक्त म्युजिक भिडियोमा मोडल तथा नायिका एलिशा राई र शैलेन्द्र कुमार गच्छदारले अभिनय गरिरहेको थियो भने फोटो पत्रकार नबिन गुरुङ्ले उक्त दृष्यहरुलाई कैद गरिरहेको थियो |
alisha-rai-2
गीतकार सुमन एन्सर राईको शब्द तथा संगीतकार सुमन राइको संगीत रहेको यस गीतलाइ बिष्णु अधिकारीले संगीत संयोजन गरेका छन् | यस गीतको म्युजिक भिडियो सोचे भन्दा राम्रो काम भएकोले आफ्नो उत्कृष्ट म्युजिक भिडियो बन्ने निर्देशक पार्बन राईले बताएका छन् |

निर्देशक राईका अनुसार गीतको शब्द र लय अत्यन्तै क्याची भएकोले यो गीत लोकप्रिय बन्ने देखिन्छ भने नायिका एलिशा राईको अभिनय अनि सौन्दर्यताले म्युजिक भिडियोलाई थप आकर्षक बनाउनेछ |

यस म्युजिक भिडियोलाई सुरेश कुमार राउतले सम्पादन गर्ने भएको छ |

Comments