कृषिमन्त्री पराजुलीले राजीनामा दिए
screennepal
प्रकाशित: २०७२, १७ असार बिहीबार
no img

काठमाडौं  । असार १५ मा राष्ट्रिय धान दिवस मनाउनेक्रममा महिलामाथि अभद्र शैलीमा उत्रिएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले पदबाट राजनीनामा दिएका छन् । कृषि विभागले धान दिवसको अवसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका थिए । मन्त्री पराजुलीको क्रियाकलाप माथि चौतर्फी आलोचना हुन थालेपछि पदबाट राजीनामा दिन बाध्य भएका हुन् । पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा बुझाएका छन् ।

Hari-parajuli-4
पार्टीभित्र र बाहिरबाट मन्त्री पद छाड्न चौतर्फी दबाब परेपछि मन्त्री पराजुली बिहीबार बिहानै राजीनामा बुझाउन अध्यक्ष ओली निवास बालकोट पुगेका थिए । पराजुलीको हर्कतले एमालेमाथि नै चौतर्फी प्रश्न उठेपछि अध्यक्ष ओली र उपाध्यक्ष गौतम बुधबारै उनलाई हटाउने निर्णय गरेका थिए । पराजुलस्ले भने आफूले नियतवश महिलालाई नसमातेको बताउँदै आएका थिए । मन्त्री पराजुलीको हर्कतका तस्बिर र भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यम भाइरल बनेको थियो ।
यसअघि पनि मन्त्री पराजुलीले सार्वजनिक स्थानमै खैनी मोलेर खाएपछि बिरोधको सामना गर्नुपरेको थियो । उनलले बुधबार दिनभर सञ्चारमाध्यममा आफूले महिलालाई नसमातेको स्पष्टिकरण दिन व्यस्त थिए । उनलाई अध्यक्ष ओली र उपाध्यक्ष गौतमले स्पष्टिकरण लिएका थिए ।

Comments