एमालेभित्रै बहिस्कारको खेल !
screennepal
प्रकाशित: २०७२, १४ असार सोमबार
no img

काठमाडौं । प्रधानमन्त्री बन्ने चर्चामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट एक्लाउने प्रयास सुरु भएको छ । पछिल्लो पार्टीभित्र आन्तरिक कलह बढ्दै गएपछि शीर्ष नेताहरु एक–अर्काको कार्यक्रमसमेत बहिष्कार गर्न थालेका छन् । सोमबार बबरमहलस्थित कार्की प्यालेसमा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधव नेपाल र झलनाथ खनाल आएनन् ।

kp

उनीहरुले अध्यक्ष ओलीको कार्यक्रम गर्दै उपस्थित नभएको बताइन्छ । पार्टी नेतृ विद्या भण्डारीले सभापतित्व गर्ने मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा तीनै नेतालाई बोलाइएको जनाइएको थियो । पछिल्लोपटक खेलकुद मन्त्री पुरुषाोत्तम पौडेललाई मन्त्रीमण्डलबाट अध्यक्ष ओलीले फिर्ता बोलाएपछि एमालेमा आन्तरिक मतभेद चुलिएको हो । नेपाल पक्षधर मन्त्री पौडेललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशव बिष्टलाई पार्टीको स्वीकृतिबिना नियुक्त गरेको भन्दै अध्यक्ष ओलीले पौडेललाई मन्त्रीमण्डलबाट फिर्ता बोलाएका थिए ।
एमाले सरकारमा गएदेखि भएका नियुक्तिहरु अध्यक्ष ओलीले एकलौटी गराउँदै नेपाल र खनाल असन्तुष्ट रहँदै आएका छन् । ओलीले खनाल र नेपाल नजिकका मन्त्रीलाई कुनै न कुनै बहानामा हटाउन थालेपछि संस्थापनको प्रतिवाद गर्नुपर्ने निर्णयमा नेपाल र खनाल पुगेको बताइन्छ । कांग्रेस सभापित सुशील कोइराला नेतृत्वको मन्त्रीमण्डल गठन हँुुदा एमालेको भागमा परेका ९ मन्त्रालयमध्ये खनाल नेपाल पक्षका ३ जना मन्त्री बनेका थिए । अहिले नेपाल नजिकका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितमात्र मन्त्रीमण्डलमा छन ।

Comments