महिलाले मागे काजक्रिया गर्न पाउने अधिकार
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img

काठमाडौं । महिलाहरुले पनि काजक्रिया गर्न पाउनुपर्ने माग महिलाहरुले गरेका छन् । विराटनगरमा नेपाल महिला संघले महिलामैत्री निर्वाचन क्षेत्रको घोषणा हुनुपर्ने मागसहित जारी गरेको १६ बुँदे ‘विराटनगर घोषणापत्र’ यस्तो माग अगाडि सारिएको हो । संघद्वारा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष डिला संग्रौलाले पाँच विकास क्षेत्रको सुझाव समेटेर घोषणा पत्र तयार बनाएको बताइन् ।

घोषणापत्रमा समाजमा हुने बालविवाह, अनमेल विवाह, छाउपडी तथा देउकीजस्ता प्रथा निर्मूल हुनुपर्ने र छोरीले पनि मृतक आमाबाबुको मलामी जान र काजक्रिया गर्न पाउनुपर्ने र मठमन्दिरमा पुजारी बस्न पाउनुपर्ने माग समेटिएको छ । त्यस्तै, एकल महिला, अपांगता भएका, दलित, मधेसी र आदिवासी, जनजातिलगायत पिछडिएका समुदायलाई सुविधा प्रदान गरी नीतिनिर्माण तहमा पु-याउनुपर्ने विषय घोषणापत्रमा समेटिएका छन् ।

Comments