अभिनेत्री मीरालाई पक्राउ पुर्जी !
screennepal
प्रकाशित: २०७२, १ असार मंगलवार
no img

इस्लामावाद । पाकिस्तानी हट अभिनेत्री मीराविरुद्ध लाहौरको एक अदालतले गिरफ्तारीका लागि वारेन्ट जारी गरेको छ । समाचारमा जनाइएअनुसार मीरामाथि आफ्नो पतिलाई धोखा दिएको आरोप छ । मीराविरुद्ध लाहौरस्थित कैंट अदालतको सिविल जजले उक्त आदेश जारी गरेको हो ।

meera-ll
समाचारमा बताइएअनुसार मीराको वास्तविक नाम इर्तिजा रुबाब हो । तर उनलाई फिल्मी क्षेत्रमा मीराका रुपमा चिनिन्छिन् । मीराविरुद्ध अतिकुर्रहमानले उजुरी दर्ता गरेका थिए । जो मीराका पति हुन् । उनले मीराले आफूलाई धोखा दिएको आरोप लगाएका छन् । न्यायधिशले पछिल्लो सुनुवाइमा प्रहरीलाई मीरालाई अदालतमा पेश गर्न भनेको छ ।

Comments