जनजाती चलचित्र निर्माणबारे प्रशिक्षण
screennepal
प्रकाशित: २०७२, ३२ जेष्ठ सोमबार
no img

काठमाडौं । कोटेश्वरस्थित सुनुवार सेवा समाजको सभाहलमा यतिखेर जनजाती चलचित्र निर्माणबारे प्रशिक्ष्ण चलिरहेको छ ।  एक सातासम्म चल्ने यस प्रशिक्षणमार्फत चलचित्र निमार्णबारे दक्षता बिकास गर्दै आदिबासी जनजाती चलचित्रको गुणस्तरमा सहयोग पु¥याउने लक्ष्य लिइएको छ । आदिबासी जनजाती चलचित्र महासंघले प्रशिक्षण आयोजना गरेको हो ।

jan 21
प्रशिक्षण कार्यक्रममा राई, लिम्बू, सुनुवार, मगर, तमाङ, नेवार, थारुलगायतका समसदायबाट ५० जना प्रशिक्षार्थी सहभागी छन् । निर्देशक नबिन सुब्बाले चलचित्र निमार्णबारे सैद्धान्तिक बिषय र लुजा सिंहले क्यामेरा तथा प्रबिधिबारे प्रशिक्षण दिइरहेका छन । यस प्रशिक्षणको बिहिबार चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले उद्घाटन गरेका थिए । सो उद्घाटन कार्यक्रममा आदिबासि जनाजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका अधिकृत रामकुमार मादेन, चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्का, निमार्ता संघका उपाध्यक्ष उदय सुब्बा, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघका सचिब श्रमिक लामालगायत बिभिन्न चलचित्रकर्मी उपस्थित थिए । प्रशिक्षण कार्यक्रमपश्चात भूकम्पले आदिबासी जनजाती समुदायमा पु¥याएको मानवीय र भौतिक क्षतिसँगै सामाजिक, साँस्कृतिक, भाषिक, धार्मिक क्षेत्रमा ठूलो क्षति पुगेकाले तिनकने विषयमा चित्रण गरेर बृत्तचित्र निमार्ण गरिने आदिबासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले बताए ।

Comments