लोकगायक त्यतिकै भइन्छ ? तस्बिरमा खगेन्द्र यक्सोको संघर्ष

‘खगेन्द्र यक्सो चलेका हुन् कि उनका गीत हो ?’ पूर्वी ताप्लेजुङका एक हजुर बा’ले केही समयअघि लोकगायक खगेन्द्र यक्सोका बारेमा यस्तै कौतुहलता कोट्याउँदै थिए । छेवैमा बस्ने एक तन्नेरीले ठट्यौलीमै भने, ‘उस्तै–उस्तै हो बाजे । गीत चलेर खगेन्द्र चलेका हुन् भने खगेन्द्र चलेर गीत हिट भएका हुन् ।’ वास्तवमै खगेन्द्रलाई पूर्वेली लोकगीतले खगेन्द्र बनेका हुन् भने उनले पूर्वेली लोकगीत बनाएका हुन् किनकि, अँध्यारो कोठामा बसेर लोकगीत सिर्जना गर्ने जमातबाट खगेन्द्र अलग छन् । उनको मान्यता छ, ‘लोकगीत भनेको गाउँघरको मेलापात र हाटबजार र डाँडाकाँडामा खोजेर ल्याउनुपर्छ ।’ तर, उनले भनेजस्तो यहाँ हिजोआज लोकगीत संकलक पाइँदैनन् । दिनदिनै लोकगीत त रेर्कड भइरहेका छन् । तर, ती लोकगीत राजधानीमै बसेर सिर्जना गरिएको हुन्छ । यस्तो प्रबृति भनेको ताप्लेजुङमा गएको पहिरोको काठमाडौंमा बसेर समीक्षा गर्नुजस्तै हो । यस्तै, प्रबृतिका कारण पछिल्लो समय लोकगीतको गरिमा ओझेलमा पर्दै गएको खगेन्द्रको धारणा छ । हरौं लोकगीत संकलनमा खगेन्द्रले गरेको संघर्षको तस्बिर ।