सिरियामा बेचिएकी चेलीलाई सम्मानपूर्वक फिर्ता गरौं : रेखा
screennepal
प्रकाशित: २०७२, ३१ जेष्ठ आईतवार
no img
rekha

अभिनेत्री रेखा थापा

काठमाडौं । बुटवल शंकरनगर–३ की ज्ञानु रश्मी थापामगरले आफूलाई बचाउन सरकारसँग अपिल गरेकी छन् । दलालले सिरियामा ६ हजार डलरमा बिक्री गरेको भन्दै सामाजिक सञ्जालमार्फत आफूलाई बचाउन सरकारलाई अपिल गरेकी हुन् । ‘म बाँच्न चाहन्छु सरकार’ भन्दै थापामगरको पीडादायिक अपिल सामाजिक सञ्जालमा सेयर भएपछि अभिनेत्री रेखा थापाले उनलाई बचाउन आफू जे पनि गर्न तयार रहेको बताएकी छन् । अभिनेत्री थापाले आफ्नो फेसबुक पेजमार्फत लामो स्टाटस लेख्दै बेचिएकी थापामगरलाई बचाउन नेपाली युवाहरुलाई आग्रह समेत गरेकी छन् । एउटी नेपाली चेलीको चित्कार नसुन्ने सरकारप्रति आक्रोश पोख्दै हाल अमेरिकामा रहेकी रेखाले लेखेकी छन्, ‘सरकार जनताको लागि हो या जनता सरकारको लागि हो, नेपालमा बुझ्न सकिएन ।’ रेखाले लेखेकी छन्, ‘हामीले धेरै सुन्यौ, चेली बेचबिखनका कुरा, अब यसको अन्त्यको लागि आउनुस् । आजैबाट एक भएर सडकबाट हुन्छ कि कहाँबाट हुन्छ रािष्ट्रय अभियान सुरु गरौं । सिरियामा बेचिएकी चेलीलाई सम्मानपुर्वक आफ्नो देश फिर्ता गरौं । दोषीलाई कानुन सामु ल्याएर, बास्तबिकता बुझेर जन्मकैदको सजाय तत्कालै सुनाइयोस् । नेपाल सरकारले पनि आफु सरकार भएको महसुस जनतामाझ प्रस्तुत गर्दै उतरदायी बनोस् ।’

रेखाको फेसबुक स्टाटस जस्ताको तस्तै :

आज बिहान मात्र साहित्यकार दाइ जगदीश घिमिरे को ” मानबता नभएको फिरंगी को देश ” भन्ने सिर्शक मा ज्यादै मन छुने लेख पढेको थिए। तर केहि समय पश्चात फेरी आफनै देश को अर्को ‘सरकार म बाच्न चाहान्छु ‘ शिर्सक मा समाचार पढ्दा यो मन ज्यादै दुखित बनेर आयो। बुटवल निवासी Genu Reshmi Thapa Magar ले नाम नै किटानी गरेर सिरिया मा उनीलाई बेचेको भन्ने समाचार इन्टरनेट मार्फत भाईरल भैसक्दा पनि किन नेपाल सरकार चुपचाप छ ? दोषी किटानी गरेर विदेशबाट शोशीयल मिडिया मार्फत ज्यान बचाउन आबहान गर्दा पनि , आफनु जनतालाइ बिपत अनि आपत को समयमा अलि कति पनि भरोशा दिन नसक्ने सरकार किन चाहियो ? सरकार, जनताको लागि हो या जनता, सरकार को लागि नेपाल मा बुझ्न सकियन ?
सानो सानो विपति का कुराहरु मा पनि जनताहरु आफै ले नै उल्टो सरकार लाई सहयोग र भरॊशा दिनु पर्ने कस्तो बिचित्र को देश का कस्ता जनता हामि , अनि लाज पचाउन सक्ने राजनीतिक कु -सस्कार बोकेकाका राज नेता बनेर जनता लाइ चिनाउन चाहनेहरू ।
१ महिना अगाडी मात्रै भुकम्प जादा बिदेसीहरु ले कसरि आफ्नु जनताहरु लाइ तिनीहरु को देश फिर्ता लगे , त्यो हामि सबै ले देखेकै कुरा हो। सरकार आफनु नागरिक प्रति पूर्ण जिम्बेबार हुनु पर्छ। हुन त , देश यति ठुलो महाबिपति मा गुज्रिरहेको बेला , प्रधानमन्त्रि को पद को लागि झगडा गर्ने नेत्ताहरु संग जनता को समस्या को के दुख पोख्नु ?
आफ्नु देश का नागरिक बिदेसमा यौटा पशु सरह बेचिएको समाचार आउदा त, कुनै चासो र जिम्बेबारी नदेखाउने नेपाल सरकार लाई जाबो भूकम्प मा १० हजार जनताहरु मर्दा र १-२ लाख मान्छे घर बार बिहिन भएर के नै बिग्रियो र मन्त्रि ज्यु हरुलाई ?
अब यस्तो लाचार , अस्तित्यो बिहिन र जनता र राष्ट्र प्रति गैर जिम्बेबार सरकार सामु न गिड गीडाउ। हामि व्यक्ति र सस्थाहरु नै काफी छौ यौटा नेपाली छोरि , आमा अनि बहिनि को अस्मिता र प्राण को सुरक्ष्या गर्न।
देश का प्रमुख राजनैतिक परिबर्तनहरुमा बिधार्थी तथा युवाहरु को ठुलो नै भूमिका रहदै आएको इतिहास छ। एउटा नेपालकि छोरि र चेलीहरु पशु सरह बेचिएको समाचार आइरहदा के तपाईहरु को यो जिम्बेबारी होइन र समन्धित निकाय लाई दबाब दिने ?
कति राजनैतिक झन्डा को लागि मात्र तपाईहरु लड्नु हुन्छ। जुन देश मा छोरि, चेली र नारि जाति माथि अन्याय हुन्छ त्यो देश र जनता को बिकाश कहिले हुन्न। हिन्दु धर्मग्रन्थ अनुसार पनि नारि जाति को रक्षा को लागि नै धेरै युद्धहरु भएका थिए।
हो , आज बाट नै हामी युवाहरु ले नै नेपाली बहिनि Genu Reshmi thapa magar लाई सिरिया बाट नेपाल फिर्ता ल्याउन रास्ट्रिय अभियान सुरु गर्नु पर्यो। सिरिया सरकारलाई अन्तर रास्ट्रीय सस्था वा अरु कुनै उपाय बाट दबाब दिने तयारी चाडो भन्दा चाडो सुरु गर्नु पर्यो।
मेरो देशका उत्साहित युवा जमातहरु माथि ,म गर्ब गर्छु। देशको हितको लागि भनेर बिना राष्ट्र स्वार्थ धेरै नेपाल बन्द गर्यौ , कुटाकुट गरयौ अनि मर्न र मार्न पनि तयार भयौ। खोई त ? यौटा नेपाली छोरीलाइ दलाल ले बेच्यो भनेर , प्राण रछ्या को लागि रोई , कराई गर्दा पनि तपाईहरु लाई कहिँ कतै चित्त दुख्दैन। आफनु छोरी , चेली को लागि यक पटक मार्न र मर्न तयार हुन सकिन्न र ? हामी ले चाहे जुनै कुरा पनि सम्भब छन्। इंडिया को कुनै नेता वा कलाकार ले केहि सानो तिनो बिना तुक को नेपाल प्रति को असहमति राख्यो भने पनि हामी काठमाडौँ मा टायर बालेर बिरोध गर्न सक्छौ भने, खोइ त ?हाम्रो छोरी चेली पशु सरह बेचिदा यौटा टायर बाल्न र दोषी माथि छानबिन गर्न माग समेत हामी ले गर्न नसक्ने गरि यति धेरै कमजोर बनेछौ।
हामीले धेरै सुन्यौ चेली बेच बिखन का कुरा अब एस्को अन्त्य को लागि आउनुस आजै बाट यक भएर सडक बाट हुन्छ कि कहाँ बाट हुन्छ राष्ट्रिय अभियान सुरु गरौ। सिरिया मा बेचिएकी चेली लाइ सम्मान पुर्बक आफ्नु देश फिर्ता गरौ। दोषी लाई कानुन सामु लाएर , बास्तबिकता बुझेर जन्म कैद को सजाए तत्कालै सुनाईयोस। नेपाल सरकार ले पनि आफु सरकार भएको महसुस जनता माझ प्रस्तुत गर्दै उतरदाही बनोस।

Genu Reshmi thapa magar बहिनिलाई सिरिया बाट फिर्ता ल्याउन कुनै व्यक्ति वा सस्था कार्यरत हुनु हुन्छ भने म रेखा थापा तथा रेखा थापा फाऊन्देशन जे जस्तो सहयोग को लागि पनि तयार रहेको र सबै नेपाली जनताहरु मा पनि उत्तरदाही बन्दै सहयोग को लागि अपिल गर्न चाहन्छु।

 

ज्ञानुरश्मीको अपिल जस्ताको तस्तै :

12सरकार म बाच्न चाहान्छु । यो नर्क बाट म नेपाल आउन चाहान्छु। मेरो नाम ज्ञानु रेश्मी थापामगर हो । मेरो स्थाई बुटवल शंकर नगर(३ घर हो । हाल म मर्नु र बाच्नुको दोधारमा अति कष्टपुर्ण देस सिरिया मा छु । घरमा मेरो बृद्धअबश्थाका बाबु आमा हुनुहुन्छ । त्यसैले बाच्नका लागी मेरी बैनि र म मिलेर बुटवल बजार मा साहु सँग ऋण गरेर एउटा सानो ब्युटी पार्लर को पसल गरेका थियौ । त्यही पसल सञ्चालन को सिलसिलामा मा मेरो चिनजान बुटबल प्रगति नगर निवासी शोभाकान्त भट्टराई सँग भयो । उनिले म राम्रो मेनपावरको एजेण्ट हु म सँग दुबई को राम्रो कम्पनीको भिसा छ तिमी पनि दुबई जाउ राम्रो पैसा कमाउन सक्छेउ भनेर प्रलोभन देखायो । मलाई आफ्नो आर्थिक स्थिति केही हद सम्म सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सक्ने आषमा बैनिलाई पसल जिम्मा लगाएर शोभाकान्त मार्फत दुबई जाने निर्णय गरे । त्यसपछि मैले मेरा सबै कागजात उसैलाई जिम्मा लगाए । दिन बित्दै गए अर्को महिना शोभाकान्तले ल भिसा आयो तिमी हरु ४ जाना एउटै कम्पनिमा जानु पर्छ भनेर अरु ३ जना पनि लिएर आयो पछी अनेकौ बाहाना बनाएर नेपाल बाट उडाउन नसक्ने भन्यो र २०७१ बैसाख १८ गते हामीलाई भारत को दिल्ली जान मजबुर बनायो त्यसपछि हामी दिल्ली जान बाध्य भयौ । त्याहा हामीले अर्को दलाल पन्चु लामा लाई भेट्येउ त्यो पनि शोभाकान्त जस्तै दलाल रहेछ त्यस पछि मिति 2014/5/8 साल गते हामीलाई दुबई भनेर दिल्ली बाट उडायो ।तर हाम्रो सोझोपनको फाईदा उठाउदै हामीलाई झुक्याएर दुबई नपठाई 2014/5/12 मा सिरीया पुर्यायो । यहाँको एजेन्सी लाई ६००० छ हजार डलरमा बेचेकोरहेछ। म अहिले यहीको सिरियनको घरमा बिहान ४ बजे देखी रातिको १२ बजे सम्म अनेकौ पिडा, दुरब्यवहार सहेर बाचेको छु । छाती मा घाउ भएर २ चोटी अप्रेसन गर्दा पनि निको भएको छैन हर दिन खुन र पिप बगरिएछ जहिले नदुख्ने दबाई र सुकाउने दबाई भरमा मेरो मृत्युको दिन लाई कुरीरहेछु । घर जान्छु घर पठाईदे भन्दा ६ हजार डलर मा किनेको हु जान पाईदैन भन्दै अनेक यातना दिन्छन । आज सम्म मोबाईलको सिम पाएको छुईन आफुले ल्याएको मोबाईल ले wifi को मद्दत ले यो मेरो चित्कार यहाँ सम्म पुर्याएको छु। म नेपाल सरकार, सम्पुण राजनिति पार्टीका नेता ज्यु हरु ,सम्पुर्ण समाज सेवी सस्था ,मानव अधिकार आयोग, पत्रकार ज्यु हरु र सम्पुण नेपालीहरु मा यो अनुरोध गर्दछुकी म नेपाल फर्किन चाहान्छु म बाच्न चाहान्छु यो नर्क सिरिया मा मर्न चाहान्न र चेलिबेटी बेचबिखन गर्ने ति दुई दलाल लाई कडा भन्दा कडा सजाय चाहान्छु। कृपया मलाई नेपाल झिकाईदिनुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु ।

Comments