बोर्डमा चलचित्रकर्मीले खोजेजस्तै राजकुमार :  करण
screennepal
प्रकाशित: २०७२, २८ जेष्ठ बिहीबार
no img
rajkumar-rai-2

विकास बोर्डमा राजकुमारसँग करण

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष तथा निर्माता राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष बनेपछि चलचित्रकर्मीमा खुसी छाएको छ । चलचित्रकर्मी तथा कलाकारको मर्म बुझ्ने भएको भन्दै उनीहरुले नवनियुक्त बोर्ड अध्यक्ष राजकुमारप्रति खुसी व्यक्त गरेका हुन् । ‘पछिल्लो समय बल्ल हामीले चाहेजस्तो बोर्ड अध्यक्ष पाएका छौं’ चलचित्र निर्माता तथा अभिनेता करण श्रेष्ठ ‘क्रेजी’ले भने, ‘पछिल्लो समय चलचित्र विकास बोर्डमा चलचित्रकर्मीले चाहेजस्तो अध्यक्ष आउन सकेका थिएन ।’ राजकुमारले लामो समय चलचित्र क्षेत्रमा रहेर निर्माण क्षेत्रमा समेत सफल कहलिएकाले चलचित्र क्षेत्रको मर्म बुझ्ने निर्माता संघका सदस्यसमेत रहेका करणको भनाइ छ ।
पछिल्लो समय अभिनयमा भन्दा निर्माणमा सक्रिय करणले आफूले मात्र नभएर सम्पूर्ण चलचित्रकर्मीले चलचित्र विकास बोर्डको अध्यक्ष बनेकोमा राजकुमारप्रति आशा जगाएको बताए । करण भन्छन्, ‘चलचित्र क्षेत्र धरासायी बनिरहेका बेला राजकुमार राई अध्यक्ष बन्नुभएको छ । अब उहाँले चलचित्र क्षेत्रका लागि धेरै काम गर्न सक्ने आशा गरेका छौं । यदि राजकुमार राईले पनि चलचित्र क्षेत्रका लागि केही गर्न सक्नुभएन भने कसैले पनि गर्न सक्दैनन किनकि, राजकुमारले चलचित्र क्षेत्रको अवस्था र मर्म राम्ररी थाहा छ ।’ करणले यसैबेला चलचित्र सम्बन्धित सबै संघसंस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको आफ्नो धारणा सुनाए । उनले भने, ‘यो विपत्तको बेला नकरात्मक सोच लिएर अगाडि बढ्नुभन्दा यतिबेला हातेमालो गरि काँधमा काँध मिलाएर सबै चलचित्रकर्मी उद्योगका लागि अगाडि बढ्न जरुरी छ ।’

raj kumar

पत्रकार सम्मेलनमा अध्यक्ष राजकुमार

अध्यक्ष राजकुमारले पनि आफ्नो पदस्थापनालगत्तै चलचित्र क्षेत्रका लागि केही उदाहरणीइ काम गरेरै देखाउने प्रतिवद्धता जनाएका छन् । चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको दुई कार्यकाल सफलतापूर्वक हाँकेका राजकुमारलाई यसै साता नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकबाट बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । राजकुमारलाई चलचित्रकर्मीले विकास बोर्डमा बाजागाजासहित पदस्थापन गरेका थिए । पछिल्लो समय कुनै पनि बोर्ड अध्यक्ष नियुक्ति हुँदा यसरी स्वागत गरिएको थिएन । तत्कालीन बोर्ड अध्यक्ष धमेन्द्र मरबैतालाई सरकारले नियुक्ति दिँदा चलचित्रकर्मीबाट कडा विरोध भएको थियो । तर, जब राजकुमार राई बोर्डमा अध्यक्ष बनाए, तब कलाकर्मीमाझ एक किसिमको खुसीको तरंग पैदा भएको छ । निर्माता तथा अभिनेता करणले भनेजस्तै अन्य चलचिकर्मीले पनि नेपाली चलचित्र विकासका लागि अहिलेको अवस्थामा बोर्ड अध्यक्षका लागि राजकुमारको विकल्प नभएको बताएका छन् ।

SONY DSC

निर्माता तथा अभिनेता करण श्रेष्ठ ।

अध्यक्ष राजकुमारले आफ्नो कार्यभार सम्हाल्ने लगत्तै संवाददाताहरुसँग भने, ‘मेरो मुख्य काम भनेको चलचित्र क्षेत्रमा बक्स अफिस लागू गर्नु र हल बर्गिकरण गर्नु हो ।’ साथै, उनले चलचित्र नीतिलाई पनि कार्यन्यवन गर्ने आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । उनले भुकम्पका कारण पीडित बनेका चलचित्रकर्मीका लागि काम गर्नुलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन् । अध्यक्ष राजकुमारले भने, ‘मलाई कुनै कुरा थोरै आउँछ होला, तर जति आउँछ प्रष्ट आउँछ ।’ उनले आगामी दिनमा सम्पूर्ण चलचित्र क्षेत्रको नै मान्छे भएर काम गर्ने बताए । २ बर्षका लागि पदबहाली गरेका राजकुमारले साना–साना कुराहरुलाई सबैसँग मिलेर समाधान गर्ने बताउँदै वर्तमान चुनौतीहरुलाई हल गर्नुपर्ने आवश्यकता रहेका बताए ।

Comments