भूकम्पपीडित कलाकारले बनाए चित्र (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २० जेष्ठ बुधबार
no img

काठमाडौं । विनाशकारी भूकम्पमा नेपाली कलाक्षेत्रले पनि अपूरणीय क्षति व्योहर्नुपरेको छ । तीनजना होनाहार कलाकारले ज्यान गुमाए भने आधा दर्जन बढी कलाकारले आफन्त गुमाए । चार दर्जन बढी कलाकारले घर गुमाए । यही पिडालाई कम गर्न भूकम्पबाट प्रत्यक्ष रुपमा प्रभावित कलाकारलाई समेटेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले कला कार्यशालाको आयोजना ग¥यो । ३० जना कलाकार सहभागी रहेको सो कार्यशालामा बनाइएका कलाकृति बिक्रीबाट उठेको रकमको ५० प्रतिशत कलाकार र ५० प्रतिशत नाफा राहत कोषमा राखिने विभागीय प्रमुख रमेश श्रेष्ठले बताए । वैशाख १२ गते र त्यसपछि मुलुककै अनुहार चिरिने र बिगार्ने गरी आएको महाभूकम्पले नेपाली जनतालाई नराम्ररी प्रभाव पारेको छ । मठ–मन्दिर, चैत्य, गुम्बा आदि नेपालको परिचयसँग जोडिएका सांस्कृतिक पक्ष, गाउँ र शहरको प्रिय जनजीवन मात्रै प्रभावित भएन व्यापक रुपमा जनधनको क्षति समेत हुन पुग्यो ।

DSC_0531
‘शहरको आधुनिक निर्माणदेखि गाउँ नै रित्तिने गरी, चहर्याउने गरी लागेको घाउमा कलाकारहरू स्वयं पनि प्रताडित भएका छन् । कति कलाकारहरू घरबारबिहिन भए, कतिले आफ्ना र आफन्त गुमाए, कति आफै घाइते भए, कतिले आफ्नो जीवननै भुकम्पलाई सुम्पिए । यो अवसाद्पूर्ण समयमा सबैको हातेमालोका कारण निर्माण प्रिय राष्ट्रको संरचना शिघ्र अघि बढोस् भन्ने कामनाका साथ भूकम्पपीडित कलाकारहरूको मनोबल बढाउन, एक आपसमा सहानुभूति आदान प्रदान गर्न, पिडामा रहेका कलाकारभित्र निहित कलात्मक पक्षलाई उजागर गर्न कला कार्यशाला गरेका हौं,’ विभागीय प्रमुख रमेश श्रेष्ठले बताए । काठमाडौंको धरहरास्थित सुन्धारामा भएको सो कार्यक्रममा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले विपदका बेला सबै मिलेर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब हामीले सुन्दर देश नेपाललाई अझ सुन्दर बनाउनु पर्छ । कला र सम्पदाको पुर्ननिर्माणमा सरकारसँग मिलेर कलाकारले पनि सक्दो सहयोग गर्नुपर्ने बेला आएको छ ।’

DSC_0555 DSC_0545 DSC_0531

Comments