युट्युबमा व्यंग्यात्मक नेपाली सेल्फी भिडियो
screennepal
प्रकाशित: २०७२, १७ जेष्ठ आईतवार
no img

काठमाडौँ | अहिले विश्वभरि नै मोबाईल अनि फेसबुक लगाएतका सामाजिक संजाल संगै सेल्फी फोटो खिच्ने र अपलोड गर्ने फेशन नै बनेको छ | कतिपय सेल्फी फोटोले चर्चा पाएको छ भने कति सेल्फिकै कारण आलोचित समेत बन्न परेको घटनाहरु समेत बाहिर आउने गरेको छ |

सेल्फी संगै सेल्फीको बारे विभिन्न किसिमका व्यंग्यात्मक कार्टुनहरु समेत बेला बेला संचार माध्यममा आई रहने गरको छ |यस्तै सेल्फिका बारे नेपालमै पहिलो पटक व्यंग्यात्मक किसिमको एक भिडियो बनेको छ | भिडियोमा सेल्फी फोटो खिच्दा खेरि देखाइने नाखाराबजीलाई रमाईलो पारामा मोडेल उर्मिला तामाङ र सुरज अधिकारीले प्रस्तुति गरेका छन् |

यस भिडियोमा डिपी खनालको रचना र स्वर रहेको छ भने फोटो पत्रकार नबिन गुरुङको छायाँकनमा कमल एक्छे मगरले निर्देशन तथा सम्पादन गरेका छन् | पर्फर्मीङ् आर्ट क्रियशन र स्ट्रिट नेपाल डट कमको निर्माणमा बनेको यस भिडियो रमाईलो बनेको छ | सेल्फी भिडियोको निर्माण गर्दाको रमाइलो र भिडियो फुटेज समेत युत्युबमा अपलोड भएको छ |

Comments