विपतका साथी बन्दै कलाकार
screennepal
प्रकाशित: २०७२, ६ जेष्ठ बुधबार
no img

काठमाडौँ । विपत्तिका बेला आफूले जे सकिन्छ त्यही गर्नु नै मानवीय धर्म र कर्तव्य हो । यसै कुरालाई आत्मसात गर्दै कलाकार दिनेशजंग खड्का, विशाल केसी र राज खड्का यतिबेला विभिन्न स्थानका भूकम्प पीडित समुदायमाझ पुगेर राहतको मल्हम लगाइरहेका छन् । उनीहरूको यस सत्कार्यका लागि अमेरिकाको हवाईमा बस्दैआएका भोजपुरका युवा सुमन बस्नेत, दिल्लीका सचिन अग्रवाल र काठमाडौँका व्यावसायी सुरज श्रेष्ठले पूरा साथ दिइरहेका छन् ।

rahat hawai4

वैशाख १२ गतेको विनाशकारी महाभूकम्पको भोलिपल्टै उद्धार र राहतमा निस्किएका कलाकारको टोलीलाई भरसिलो साथ दिन पुगेका राहत कार्यक्रम नेपाल संयोजक सुरज श्रेष्ठ भन्छन्, ‘हामीले त्यस्ता गाउँहरूको स्थलगत अवलोकन ग¥यौँ जहाँ राहत पुग्न सकेको छैन र पीडित गाउँको वस्तुस्थिति बुझेर मात्रै हामीले राहत प्रदान ग¥यौँ ।’
श्रेष्ठका अनुसार अहिलेसम्म घाइतेलाई भारतबाट आएका चिकित्सकसहित मोबाइल अस्पतालको सेवा प्रदान गरियो भने काभे्र, गोर्खा, धादिङ र सिन्धुपाल्चोकका विभिन्न गाउँमा खाद्यान्न, औषधि, लत्ताकपडाका साथै जस्तापाता वितरण गरिसकिएको छ । अर्को चरणमा सिन्धुपाल्चोकको भीमटारमा तीन सय घर निर्माण गर्ने प्रक्रिया अगाडि बढाई सकिएको छ । यसका लागि आवश्यक पर्ने रकम संकलनका लागि अमेरिकामा सुमन बस्नेत र दिल्लीमा सचिन अग्रवालले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।’

Comments