हिमग्याप र रापतीद्वारा पत्रकार गिरीलाई जस्तापाता
screennepal
प्रकाशित: २०७२, ६ जेष्ठ बुधबार
no img

काठमाडौं । चलचित्र निर्देशक तथा समाजसेवी हिमग्याप लामा टासी भूकम्पपीडितको सहयोगार्थ अहोरात्र खट्दै आएका छन् । गत १२ बैशाखमा गएको विनाशकारी भूकम्पबाट पीडित भएकाहरुलाई लामाले आफ्नै खर्चमा खाद्यन्न, त्रिपाल, औषधीलगायतका राहत प्रदान गर्दै आएका छन् । यसैक्रममा लामाले चलचित्र पत्रकार कुबेर गिरीलाई पनि दुई बन्डल जस्तापाता प्रदान गरेका छन् । रंग पत्रकार गिरीको भूकम्पमा परि काठमाडौंको रामकोटस्थित घर ध्वस्त भएको छ । तयसैले अस्थाई टहरा निर्माणका लागि जस्तापाता प्रदान गरेको निर्देशक लामाले बताए ।

himgyap

जस्तापाता खरिद गर्दै लामा

यस्तै, पत्रकार गिरीलाई रापती समाज काठमाडौले पनि जस्तापाता सहयोग गरेको छ । दाङ–काठमाडौं पत्रकार समाजको आग्रहमा रापती समाजले पत्रकार गिरीलाई दुई बन्डल जस्तापाता सहयोग गरेको समाजकी कोषाध्यक्ष सीमा पुरीले जानकारी दिइन् । उनले समाजको सानो सहयोगले पत्रकार गिरीलाई धेरै राहत मिल्ने अपेक्षा आफुहरूले लिएको बताइन् । समाजका तर्फबाट उपाध्यक्ष सुवास केसी, कोषाध्यक्ष पुरी, पुर्णबहादुर बस्ःनेत र मीना बस्नेतसहितको टोलीले पत्रकार गिरीलाई काठमाडौंको कलंकीमा जस्तापाता हस्तान्तरण गरेको हो ।

Kuber Giri

Comments