बुद्ध जयन्ती : बौद्धमा शोभा यात्रा
screennepal
प्रकाशित: २०७२, २२ बैशाख मंगलवार
no img

 काठमाडौं । यसपटक बुद्धजयन्तीको दिन बौद्धको शोभा यात्रा भिन्न रह¥यो । बिहानै बौद्धनाथ स्तुपा परिसर महाभुकम्पमा दिवंगतहरुको सम्झनामा भावुक बन्यो । लामाहरु मृत आत्माको शान्तिका लागि प्राथनासभामा सामेल थिए । चारैतिरबाट भने साउन्ड सिस्टमबाट शान्ति धुनसहित ‘ओम मणि पद्मे हुम’ र ‘बुद्धम शरणम गच्छामी’जस्ता ध्यानगीत बजिरहेका थिए ।

shova yatra (2)

‘यसपटकको बुद्ध जयन्तीलाई मृत आत्मको शान्तिस“ग जोड्यौं’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पुर्णकुमार लामाले भने । बिहानको प्रार्थनासभा र मोलमपछि दिउ“सो बौद्ध क्षेत्रमा बुद्धको पुरानो मुर्तिसहित शोभायात्रा गरिएको थियो । गुरु लाखाङ गुम्बाबाट निकालिएको शताब्दियौं पुरानो बुद्धको मुर्तिलाई लामागुरुहरु र स्थानियबासीहरुको सहभागितामा शोभा यात्रा गरिएको थियो । बौद्धस्तुपा परिक्रममा गर्दैख पिपलबोट र टुसालसम्म पुगेर शोभायात्रा गुरु लाखाङ गुम्बामै आइपुगेको थियो ।
शोभा यात्रालाई लामाहरुको ग्यालिङ, ढ्याङग्रो, भुब्ज्याललगायतको बाजा र धुनले साथ दिएको थियो । ‘यसपटक भुकम्पको कारणले प्रहरीको ब्याण्ड र नेवार समुदायको धिमे बाजा भने व्यवस्थापन हुन सकेन’ अध्यक्ष सम्पुर्ण कुमारले भने । बौद्धनाथ क्षेत्रका सम्पुर्ण संघसंस्था, प्रहरी र स्कुलहरुसमेत समेटेर बुद्ध जयन्ती मुल समारोह समिति बनाएको भएपनि महाभुकम्पले गर्दा सबै पुर्व निर्धारित कार्यक्रमहरु रद्ध गर्नु परेको उनले जनाए । यसपटक बौद्धकै इतिहासमा पहिलोपटक मुलुक भरका कविहरु जम्मा गरेर कविता गोष्ठीसमेत राखिएको थियो ।
कविता गोष्ठी नभएपनि यसपटक बुद्धको अस्थु धातु प्रदर्शनी र बुद्ध जीवनीमा आधारित तस्बिर प्रदर्शनी भने गरिएको थियोे । श्रीलंकाको एउटा प्राचिन गुम्बाबाट बुद्धको अस्थुधातु ल्याएर गतबर्षदेखि बौद्धमा प्रदर्शनीको परम्परा थालिएको थियो ।

Comments