महाबिपत्तिः कहाँ छन् ‘ठूला’ कलाकार ?
screennepal
प्रकाशित: २०७२, १७ बैशाख बिहीबार
no img

Karishma_manandhar_with_rajesh_hamal[13]महाभूकम्पले ठूलो धनजनको क्षति गरेको छ । पूरा देश पीडामा छ । यो दुःख बाँड्न केही कलाकारहरु सहयोगका लागि जुटेका छन् । तर, पीरमा रहेका यीनै पिडीतले ठूला भनेर आदर गर्ने कलाकार भने चुप देखिएका छन् । हलिउड तथा बलिउडका कलाकार समेत राहतमा जुटिरहेका अवस्थामा नेपालका राजेश हमाल, भुवन केसी, करिश्मा मानन्धरजस्ता सदाबहार चर्चित कलाकारहरु चुइक्क बोलेका छैनन् । त्यस्तै नेपाली युवतीकै रोलमोडल ठान्ने मिस नेपालहरु पनि यो संकेटका घडीमा अग्रभागमा देखिएका छैनन् ।

 

नेताहरुलाई ब्यंग्य गरेर आफ्नो खेति मौलाइरहेका हास्य कलाकारहरु जनता रोएका बेला रुन अघि सरेका छैनन् । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य त उहिले देखि नै कलाकारका साथै सामाजिक अभियन्ता पनि हुन् । पाको उमेरका उनीहरुको पथ अरु कलाकारले पछ्याउन चाहेनन् ।
नेपाली फिल्मलाई माया गरिदिनुहोस् भनेर नथाक्ने निर्माता, निर्देशक र तिनका छाता संगठन पनि यो समयमा चुप लागेर बसेका छन् ।
केही कलाकार भने ब्यक्तिष्त तवरले सहयोग र उद्धारका लागि सक्रिय भएका छन् ।
सिन्धुपाल्चोक जलविरेकी गायिका सुनिता दुलालका दुईटा घर ध्वस्त भएका छन् । तर, ‘मन दुखाएर मात्रै हुँदैन, मन खोल्नुपर्छ’ भनेर उनले आफ्नो तर्फबाट रु १ लाख राहत दिने घोषणा गरेकी छिन् । त्यसैगरी धेरै क्षति पु¥याएको जिल्ला गोर्खाकी मुना थापा मगरले विविध सहयोग जुटाएर गोरखा जाने तयारी गरिरहेकी छिन् ।
निर्देशक दीपेन्द्र के खनालले धादिङका लागि राहत सामग्री वितरण गर्न आफू र आफ्नो परिवारबाट तर्फबाट जुटाएका छन् ।
अभिनेत्री रेखा थापा र निर्देशक हिमग्याप लामा टाँसीले दाहसंस्कार गर्न आर्थिक अभाव खेपेकालाई सहयोग गरेका छन् । नायिका प्रियंका कार्कीमा पनि घाइते भएर अस्पताल पुगेकाहरुको सेवामा जुटिन् ।
कलाकार संघले गोंगबु एरियामा सफाइ कार्यक्रमको आयोजना ग¥यो । बोली बिक्नेहरुको छाता संगठनका लागि यति मात्रै पर्याप्त होइन ।
भूकम्पको महाविपत्तिवाट पीडित भएकालाई सहयोग गर्न नेपाली कलाकारले पनि तत्परता देखाउन थालेका छन् ।
उपचारको क्रममा अमेरिकामा रहेकी नायिका श्वेता खड्काले फिल्म ‘कोहिनुर’ को अमेरिका प्रदर्शनवाट उठेको सम्पूर्ण रकम भुकम्प पीडितलाइ दिने घोषणा गरेकी छिन् ।

 

आफै पीडामा रहेकी उनले नेपालमा भुकम्प आएर अरु पीडित बनेको भन्दै आफ्नो तर्फबाट सहयोगका हात बढाउकी हुन् ।
दुई ट्रक उद्धार सामग्री सहित सिन्धुपाल्चोक पुगेका अभिनेता हरिबंश आचार्यले अरुलाई पनि यो विपतमा सहयोग गर्न आग्रह गरेका छन् ।
अभिनेत्री प्रियंका कार्की भुकम्प गए लगत्तै उद्धारकार्यमा सहभागी भएकी थिईन् । उनले केही घण्टा बीर अस्पतालमा गएर घाईतेहरुको सेवा पनि गरिन् ।
पूर्व मिस नेपाल माल्भि सुब्बा र निर्देशक निलु डोल्मा शेर्पाले नुवाकोटको भुकम्प पीडितलाई राहत सामग्री पठाएका छन् ।

 

Comments