रिलिज डेट सार्वजनिकसँगै प्रचारमा ‘राहदानी’
screennepal
प्रकाशित: २०७२, ११ बैशाख शुक्रबार
no img

काठमाडौं । वैदेशिक रोजगारीबारे निर्माण गरिएको चलचित्र ‘राहदानी’ २९ जेठबाट एकसाथ देशव्यापी प्रदर्शनमा आउने भएको छ । प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले प्रेस विज्ञप्तिमार्फत रिलिज डेट सार्वजनिक गरेका हुन् । यस चलचित्रलाई मोफसलमा वितरण संस्था ‘एफडी’ ले वितरण गर्दै छ भने काठमाडौं उपत्यकाका ‘पपकर्न’ले वितरण गर्दैछ । चलचित्रको रिलिज डेट सार्वजनिकसँगै प्रचारलाई पनि तिव्र पारिएको उनले बताए । अहिले निर्माता ढकाल र निर्देशक क्षत्री ‘राहदानी’ लाई कसरी प्रचारमा लाने भन्ने रणनीतिमा लागेका छन् ।

dayahang‘राहदानी’ लाई रंग पत्रकार डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । चलचित्रमा वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा रहेका नेपाली युवाले पठाएको रेमिट्यान्सले मुलुकको कुल गार्हस्थ्यको २५ प्रतिशत सघाउ पु¥याए पनि उनीहरुलाई सरकारले बेवस्ता गरेको प्रसंग यसमा समेटिएको क्षत्रीले बताए । वैदेशिक रोजगारमा जाँदा घरदेखि विदेशसम्म नेपाली कामदारले भोग्ने समस्या यसमा समेटिएको पनि उनले बताए । निर्देशक क्षत्रीका अनुसार चलचित्रमा नेपाली समाजसँगै यहाँको कला, साहित्य, संस्कृतिलाई पनि समेटिएको छ ।
चलचित्रले काठमाडौं र मोफसलमा गरेर डेढ दर्जनभन्दा बढी च्यारिटी सो गरिसकेको छ, जसबाट विभिन्न संस्थालाई सहयोग जनाइएको छ । चलचित्रमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णचन्द्र झा, रियाना पात्रवंशीलगायत पनि निर्माता रहेका छन् । यस चलचित्रमा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, सिर्जना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकास जोशी, दिनेश दुलाल, अस्मिता बस्नेत, विधा कार्की, लक्ष्मणविक्रम बस्नेत, विनिता घिमिरेलगायतको अभिनय हेर्न सकिन्छ । चलचित्रमा रीमा विश्वकर्माले एक गीतमा आइटम डान्स गरेकी छन् । ‘राअदानी’ मा राजु शाहको नृत्य निर्देशन, बसन्त सापकोटा, चेतन सापकोटा, जुगल डंगोल र गैरे सुरेशको संगीत, बनिश शाहको सम्पादन, रामशरण उप्रेतीको छायांकन रहेको छ । चलचित्रबाट आफू आशावादी रहेको निर्माता लक्ष्मीप्रसाद ढकालले बताए ।

Comments