मोडलिङमा विकास
screennepal
प्रकाशित: २०७२, ११ बैशाख शुक्रबार
no img

bikash

काठमाडौ । संचारकर्मी बिकास लामिछाने पनि मोडलिङमा देखिएका छन् । नित्या शिवाको स्वर रहेको ‘मेरो दीलमा तिमीले छुरा रोप्यौ..’ बोलको गीतमाथि बनेको म्युजिक भिडियोमा उनको मोडलिङ देख्न सकिन्छ । बिहीबार किर्तिपुर आसपासका स्थानमा छायांकन गरिएको यो भिडियो मोडलिङमा विकाशलाई काजोल खनाल र कामना बम्जनले साथ दिएका छन् ।

b

त्रिकोणत्मक प्रेमकथाको थिम उठाइएको भिडियो शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् । भिडियोमा बिकाशले काजोलसँग बिबाह गरेको समेत देख्न सकिन्छ । मुकेश हुमागाईँको छायांकन रहेको भिडियोमा नृत्य सियोन श्रेष्ठले दिएका छन् । भिडियो अर्काे साता सार्वजनिक हुनेछ । गीतमा संगीत राजेन्द्र श्रेष्ठको रहेको छ ।

Comments