राजन र श्रेयसीको ‘धान पो नाचिन्छ’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १० बैशाख बिहीबार
no img

काठमाडौ । एक समयका चर्चित गायक राजन राईले लिम्बू समुदायको चर्चित हाक्पारे साम्लो पालाङमा आधारित ‘धान पो नाचिन्छ’ बोलको गीत म्युजिक भिडियोसहित श्रोता/दर्शकमाझ ल्याएका छन् । धान नाच लिम्बू समुदायको मुख्य सांस्कृतिक पहिचान हो । यसैलाई आधार बनाएर चलचित्र निर्देशकसमेत रहेका गायक राईले सो गीत निर्माण गरेका हुन् ।

rajan

आफ्नै शब्दसंगीतमा तयार गरेको गीतमा उनलाई पछिल्लो समय चर्चामा आइरहेकी गायिका श्रेयसी चेम्जोङले स्वरमा साथ दिएकी छन् । राईकै निर्देशन रहेको म्युजिक भिडियोमा रञ्जिता लिम्बू, राजकुमार लिङ्देनलगायतका कलाकारले अभिनय गरेका छन् । ‘धान पो नाचिन्छ’ गीतको म्युजिक भिडियालाई श्रोता/दर्शकले रुचाएका गायक राईले बताए । यु–ट्युबमा रिजिल गरेको २४ घन्टामै यस गीतको म्युजिक भिडियोलाई १५ सय भन्दा बढीले हेरेका छन् ।

Comments