अमेरिकाबाट आएर इभानाले जितिन् ‘मिस नेपाल’ को ताज
screennepal
प्रकाशित: २०७२, ६ बैशाख आईतवार
no img

काठमाडौं । ‘नेपाल सुन्दरी’ बन्ने सपना भएका नेपाली युवतीले एकपटक अमेरिका वा लन्डन जाने प्रयत्न पो गर्ने हो कि ? नयाँ ‘मिस नेपाल’ को ताज केही समययता अमेरिकामा बस्दै इभाना मानन्धरले चुमेकी छन् । काठमाडौ भोटेबहलकी इभाना केही साता अघिमात्र ‘मिस नेपाल–२०१५’ मा स्पर्धा गर्न काठमाडौ फर्केर्की हुन् । यसअघि सुष्टि श्रेष्ठले लन्डनबाट आएपछि ‘मिस नेपाल’ बनेकी थिइन् । यस्तै, इभानाले १८ स्पर्धीलाई उछिन्दै अमेरिकाबाट आएपछि ‘मिस नेपाल’ को ताज चुम्ने आफ्नो सपना पूरा गरेकी छन् ।

Miss-nepal-2015-winer-Ivana-Mananfhar-6
शनिबार साँझ राजधानीको दरबारमार्गस्थित पाँच तारे होटल अन्नपूर्णमा द हिडन ट्रेजरले आयोजना गरेको ‘मिस नेपाल’ को २०औं संकरणमा विजेता बनेकी इभानाले ‘मिस वल्र्ड’ मा सहभागी हुने अवसर पाएकी छन् । प्रतियोगितामा दिव्यता बैद्य फस्ट रनरअप भइन् र सेकेण्ड रनर अपको उपाधि मेधा कोइरालाले चुमेकी छन् । इभानाले ‘मिस इन्टेलेक्चुअल’ र ‘मिस पर्सनालिटी’ उपाधि पनि पाइन् ।
प्रतियोगितामा विभिन्न १० सब–टाइटल उपाधि पनि प्रदान गरिएको थियो, जुमा ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोटपश्चात टाइटल प्रदान गरिएको थियो । प्रतियोगितामा मिस फोटोजेनिकको उपाधी दिव्यता वैद्यले आफ्नो पोल्टामा पारिन् । यस्तै, मिस इन्टेलेक्चुअलको उपाधि पनि इभानाले नै कुम्लाइन् । ‘मिस स्कुलर अफ द इयर’ उपाधी सुदिपा पाठक, मिस कप्लेक्सन निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन् । त्यस्तै, मिस ट्यालेन्ट पूजा श्रेष्ठ, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप सोनु थापामगर, मिस पर्सनालिटी इभाना मानन्धर र ब्यूटी विथ त पर्पजको उपाधी रेविका क्षेत्रीले जिते । स्मरणीय, दुई वर्षअघि लन्डनमा बस्दै आएकी सुष्टि श्रेष्ठलाई ‘मिस नेपाल’ बनाइएको थियो ।

Comments