नयाँ वर्षको स्वागतमा फेसनसँगै कमेडी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, २ बैशाख बुधबार
no img

IMG_2646

काठमाडौं । वर्ष २०७१ को अन्तिम दिन गएको ३० चैत्रमा लाजिम्पाटस्थित होटल -याडिसनमा नयाँ वर्ष २०७२ को स्वागतको अवसरमा फेसन, संगीत र हाँस्यको एउटा मनोरञ्जनात्मक कार्यक्रमका रुपमा ‘रिदम नाइट’ प्रस्तुत गरियो । एबीसी टेलिभिजनको आयोजना र प्रत्यक्ष प्रशारण रहेको सो कार्यक्रमको मुख्य अंशका रुपमा फेसन शो रह्यो । डिजाइनर आस्तिक शेरचनको आकर्षक पहिरनमा सजिएकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले शो स्टपरका रुपमा आफूलाई -याम्पमा उभ्याएपछि बिट मारेको फेसन शो प्रस्तुतिमा पाँच सिक्वेन्सहरु समेटिएका थिए । जसमा मूलतः साडी, लेहेंगा, अनारकली, इभिनिङ गाउन, वन् पिस ड्रेसको बाहुल्यता थियो । यी पहिरनहरुमा कायरा बुटिकका रोजिना श्रेष्ठ र कोहिनुर बुटिकका समु तिमिल्सिनाको सृजना समेटिएको थियो । फेसन शोको कोरियोग्राफी धीरज तण्डुकारले गरेका थिए ।

IMG_2627

बेटर ग्योलक्सी इन्टरटेन्मेन्ट र फेम नेपालको व्यवस्थापनमा नयाँ वर्षको स्वागतमा अगाडि बढेको साँझलाई साँगीतिक समूह थर्ड च्याप्टरले प्रारम्भ गरेको थियो भने स्टेज प्रस्तुतिलाई पूर्ण विराम दिने कार्य साँगीतिक समूह अतृत्प र गायक नविन के भट्टराईले आफ्ना चर्चित गीतहरु मार्फत् गरेका थिए । यसवीचमा गायिकाद्वय सुमन गुरुङ र शशी रावलको प्रस्तुति थियो ।

IMG_2489
साथमा ग्रुप वन् क्रियसनको आकर्षक नृत्यहरु पनि समेटिएका थिए भने रोमा न्यौपाने र सुमन सागर जंग के.सी.को युगल नृत्यले कार्यक्रममा वेग्लै स्वाद थपेको थियो । कार्यक्रममा हाँस्य रस संचार गर्ने कार्य महादेव त्रिपाठीले गरेका थिए भने टेलिश्रृङ्खला भद«गोलका ककरोच र बलेको जोडिले त्यसलाई निरन्तरता दिएका थिए । राति अबेरसम्म डिज रे, डिजे नेवाः, डिजे चन्टे लगायतले आफ्नो नृत्य प्रधान संगीत संयोजनले न्यु इयर इभ मनाउनेहरुलाई साथ दिएका थिए ।

IMG_2410 IMG_2306 IMG_2275 IMG_2259 IMG_2659

Comments