प्रताप लामाले जिते नेपाली तारा– ३
screennepal
प्रकाशित: २०७१, २२ फाल्गुन शुक्रबार
no img

सांगीतिक रियालिटी शो ‘कोकाकोला नेपाली तारा ३” प्रताप लामा भएका छन् । ‘नेपाली तारा ३”को फाइनल समारोह शुक्रवार आर्मी अफिससर्् क्लबमा सम्पन्न भएको छ।
उपाधि भिडन्तका लागि छानिएका सुरेश लामा, प्रताप लामा र देबेस राई मध्य प्रतापले बाजी मारेका हुन् । देवस दोस्रो र सुरेश तेस्रो भए ।

p
‘नेपाली तारा ३”को यात्रा गत भदौ १७ मा धरानबाट सुरु भई नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै काठमाडौं आइपुगेको थियो। कोका–कोला प्रमुख प्रायोजक हुनुका साथै यसमा डिसहोम र मास्टरपीसले पनि सहकार्य गरेको छ।

pratap
प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगायत २ लाख ५० हजार रुपैयाँ र तीनवटा गीत गाउने अवसर पाउनेछन्, जसको तीनवटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगी प्रत्येकले ११ हजार रुपैयाँ पाउनुका साथै ‘टप १०” एल्वममा गाउने अवसर पाउनेछन्।

Comments