बलिउड स्टारका अचम्मका अन्धविश्वास
screennepal
प्रकाशित: २०७१, २२ फाल्गुन शुक्रबार
no img

वैज्ञानिक आधार र तर्क नभएको कुनै पनि चिजप्रतिको विश्वास नै अन्धविश्वास हो । भूतप्रेत, बोक्सी, धामीझाँक्री, झारफुक आदिमात्र अन्धविश्वास होइनन् । कसैले हातमा ब्रासलेट लगाउँछ र यसका कारण उसको जिन्दगीमा फलिफाप हुन्छ भन्ने सोच्छ भने ऊ अन्धविश्वासी हो ।
बलिउडका थुप्रै सितारा अन्धविश्वासी छन् । कस्ता–कस्ता अन्धविश्वास धारण गरेका छन् त उनीहरूले ?
अमिताभ बच्चनः बलिउड हस्ति अमिताभ बच्चन क्रिकेट भनेपछि हुरुक्कै हुन्छन् । तर, उनी क्रिकेटका खेल लाइभ हेर्दैनन् । आफूले लाइभ हेरे आफूले समर्थन गरेको टिमको विकेट झर्छ र उसले हार्छ भन्ने अन्धविश्वास छ उनको । उनलाई श्रीमती जया र बुहारी ऐश्वर्याले स्कोर बताउने गरेका छन् ।
शाहरूख खानः किङ खान ५५५ नम्बरलाई आफ्नो ‘लकी चार्म’ मान्छन् । उनीसँग थुप्रै कार छन् र तिनको नम्बर प्लेटमा अंकित छन्– ५५५ । फिल्म ‘चेन्नई एक्सप्रेस’मा उनले हाँक्ने मोटरसाइकलको नम्बर पनि ५५५ थियो ।
सलमान खानः सलमानको हातमा ब्रासलेट टुट्दैन । बाबु सलिमले उपहार दिएको यो ब्रासलेट लगाएर उनले कैयौँ फिल्म खेलेका छन् । आफ्नो फिल्म इद पर्ववरिपरि रिलिज गर्दा फाइदा हुने अन्धविश्वास पनि पालेका छन् उनले ।
आमिर खानः बेजोड अभिनेता तथा सामाजिक सक्रियतावादी आमिर खान क्रिसमसका बेला फिल्म रिलिज गर्छन् । यस पर्वले आफ्नो भाग्योदय गराउने विश्वास गर्छन् उनी ।
करिना–सैफ जोडीः करिना कपुर र सैफ अलि खानको हट बलिउड जोडी कारको नम्बरमा अन्धविश्वासी छ । करिना ३ अंकलाई शुभ मान्छिन् भने सैफ ७ अंकलाई भाग्यशाली ठान्छन् ।

??????????????????????????????????????????

कट्रिना कैफ

कट्रिना कैफः आफ्नो नयाँ फिल्म रिलिज हुनुअघि कट्रिना कैफ सुफी अन्त ख्वाजा मोइनुद्दिन चिस्तीको अजमेरस्थित दर्गामा प्रार्थना गर्न पुग्छिन् ।
विद्या बालनः अभिनेत्री विद्या बालन पाकिस्तानी विशेष ब्रान्डको गाजललाई आफ्नो ‘लकी चार्म’ ठान्छिन् । हाशमी नामक उक्त गाजलमात्रै प्रयोग गर्छिन् । ‘द डर्टी पिक्चर’ हिट भएपछि अहिले रातो रङलाई उनी भाग्यशाली ठान्छिन् । यस फिल्ममा उनले रातो सारी पहिरेकी थिइन् । त्यसयता थुप्रै समारोहमा उनी रातो सारीमा देखिएकी छिन् ।
अक्षय कुमारः अक्षय कुमारको अन्धविश्वास छ– आफ्नो फिल्मको रिलिजका बेला भारतमा बक्स अफिसमा चौपट हुन्छ । त्यसैले उनी यस्तो बेला भारतबाहिर हुने गर्छन् ।
शिल्पा सेट्टीः अभिनेत्री शिल्पा सेट्टी क्रिकेट टिम राजस्थान रोयल्सकी मालिक्नी पनि हुन् । आफ्नो टिमको खेलमा उनी दुइटा घडी लगाउने गर्छिन् । अर्काे रोचक कुरा के भने जब विपक्षी टिम ब्याटिङमा हुन्छ उनी उपरखुट्टी लाएर बस्छिन् । र, आफ्नो टिमले ब्याटिङ गर्दा उनी सामान्य आसनमा हुन्छिन् ।
बिपाशा बसुः आफ्नी आमाले सिकाएको परम्परा निर्वाह गर्दै बिपाशा बसु हरेक शनिवार कागती र हरियो सुन्तलाको झुप्पा किनेर कारमा राख्छिन् । यसो गर्दा अमंगल दूर हुने उनको अन्धविश्वास छ ।
राकेश रोशनः निर्माता राकेश रोशनलाई अंग्रेजी अक्षर ‘के’सँग औधी लगाव छ । आफूले निर्माण गरेको पहिलो फिल्म ‘कामचोर’, निर्देशन गरेको पहिलो फिल्म ‘खुदगर्ज’ देखि आजका दिनसम्म उनका फिल्मका नाम अंग्रेजी अक्षर ‘के’ बाट सुरु भएका छन् । उनको ‘के’ मोह यति गहिरो छ कि यिनले कुनै दिन आफ्नो नाम ‘काकेश कोशन’ राखे भने अचम्म नमाने हुन्छ ।

यी पनि पढ्नुहोस्ः

‘देवदास’पछि फेरि जम्दै शाहरुख–ऐश्वर्याको जोडी

बिछोड ब्योहोर्ने बलिउडकर्मीहरु

‘देवदास’पछि फेरि जम्दै शाहरुख–ऐश्वर्याको जोडी
‘देवदास’पछि फेरि जम्दै शाहरुख–ऐश्वर्याको जोडी
‘देवदास’पछि फेरि जम्दै शाहरुख–ऐश्वर्याको जोडी
Comments