यसरी मनाइयो होली । कलाकारको आ–आफ्नै (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, २१ फाल्गुन बिहीबार
no img

_MG_2613 copy

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमा मनाइने रङहरुको पर्व फागुपूर्णि अर्थात् होली बिहीबार धुमधामका साथ मनाइएको छ । बसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यो पर्व कलाकारले पनि आ–आफ्नो तरिकाले मनाए । सधैंझै यसपटक पनि विभिन्न कलाकारले साथीभाईसँग होली मनाएका हुन् । अनामनगरस्थित मन्डला थिएटरमा रंगकर्मी र कलाकारले नाचगान गर्दै होली मनाए । बिहान १० बजेबाट सुरु भएको होली कार्यक्रममा अभिनेता दयाहाङ राई, अभिनेत्री प्रियंका कार्की, केकी अधिकारीलगायतका कलाकार सहभागी थिए । उनीहरुले रंगसँग खेल्दै नेपाली र हिन्दी गीतमा धितमरुञ्जेल कम्मर मर्काए ।

_MG_2532 copy
त्यस्तै, निर्माता तथा अभिनेता आकाश अधिकारीले महाराजगञ्जस्थित आफ्नै स्टुडियो रेड स्टुडियोमा होली कार्यक्रम राखे, जहाँ विभिन्न कलाकार होली मनाउन पुगेका थिए । अभिनेत्री रेखा थापा, निर्माता छवि ओझालगायतले पनि होलीको कार्यक्रम गरेका छन् । छुट्टछुट्टै होलीको कार्यक्रम राखेपछि कलाकारहरु भने विभाजित भएको देखियो । कलाकार तथा मोडलले आ–आफ्नै तवरले होलीको कार्यक्रम गरिरहँदा सिनेयात्री मासिकले पनि घट्टेकुलोमा ‘होली डान्स पार्टी’ राखेर होलीमा रंग र पानीमा रमाउन चाहनेहरुलाई नचाए । यस्तै, अन्य संघसंस्थाले पनि विभिन्न कार्यक्रम गरी रंगहरुको पर्व होली मनाएका छन् ।  तस्बिरहरु : नविन गुरुङ

holi 4 holi 3 holi 2 _MG_2749 copy _MG_2542 copy _MG_2468 copy
सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जालहरु बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा होली पर्व मनाइन थालिएको संस्कृतिविद्हरुको भनाइ छ ।

holi 4 holi 3 holi 2 _MG_2749 copy _MG_2468 copy _MG_2542 copy

Comments