सुनितालाई ‘लोकगायन अवार्ड’
screennepal
प्रकाशित: २०७१, २१ फाल्गुन बिहीबार
no img

काठमाडौं । नेपाली लोकगायन क्षेत्रकी चर्चित गायिका सुनिता दुलाल यस वर्षको ‘नेशनल क्यापिटल अवार्ड–२०१५’द्वारा सम्मानीत एवं पुरस्कृत भएकी छन् ।
क्यापिटल इभेन्ट मेनेजमेन्टद्वारा राजधानीमा आयोजित कार्यक्रममा सुनिता लोकगायनतर्फ ‘लोकगायन अवार्ड–२०१५’ द्वारा सम्मानीत भएकी हुन् । ‘लोकगायन अवार्ड–२०१५’बाट सम्मानीत भएपछि सुनिताले भनिन्, ‘यस गरिमामय अवार्डबाट सम्मानीत हुन पाउँदा खुसी र गर्व लागेको छ ।’ कार्यक्रममा सुनिताका आलाव गायक रामकृष्ण ढकाल, कलाकार दीपकराज गिरी र दिपाश्री निरौलालगायतलाई सम्मान गरिएको छ । आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै क्यापिटल इभेन्ट मेनेजमेन्टले उनीहरुलाई सम्मान गरेको जनाएको छ ।

sunita dulal
क्यापिटल इभेन्टले विभिन्न क्षेत्रका ख्याती प्राप्त व्यक्तित्वलाई यो अवार्ड प्रदान गरेको हो, जसमा लोकगायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सुनिता यसवर्ष सम्मानीत भएकी हुन् । लोकगायनका अलाव चर्चित कार्यक्रम प्रस्तोतासमेत रहेकी सुनिताले कतारबाट आउनेवित्तिकै यो सम्मान ग्रहण गरेकी हुन् । नेपाली स्टेजमा भन्दा विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रममा बढी व्यस्त हुँदै आएकी सुनिताले खाडीलगायत अमेरिका र युरोपका अधिकांश मुलुकमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन् । यस्ता किसिमका सम्मान तथा पुरस्कारले आफूलाई थप हौसला र प्रेरणा मिल्ने उनले बताइन् । ‘सम्मान र पुरस्कार कलाकारका निम्ति हौसला र प्रेरणा हो’ सुनिताले भनिन्, ‘यस्ता पुरस्कारले थप जिम्मेवारी बोध गराउँछ ।’

Comments