यस कारण अदालतले रोक्यो ‘डर्टी पोलिटिक्स’
screennepal
प्रकाशित: २०७१, २० फाल्गुन बुधबार
no img

मुम्बई । फिल्म ‘डर्टी पोलिटिक्स’ मा हट सीन दिनअघि रेखासँग टिप्स लिएको बताएको २४ घन्टा नवित्दै अभिनेत्री मल्लिका शेरावत फसादमा परेकी छन् । बलिउडकी यी हट अभिनेत्रीले सोमबारमात्रै ‘डर्टी पोल्टिक्स’ मा गरमागरम दश्य दिनुअघि रेखाको फिल्म हेरेर टिप्स लिएकी बताएकी थिइन् । तर, संयोगवस मंगलबार पटना उच्च अदालतले फिल्म ‘डर्टी पोलिटिक्स’ रिलिज गर्न रोक लगाएको छ । समाचारमा जनाइएअनुसार फिल्मको केही दृश्यमाथि आपत्ति जनाउँदै निवेदन परेपछि अदालतले रिलिज रोक्न आदेश दिएको हो ।

dirty politics

फिल्ममा मल्लिकाले आफ्नो नांगो शरीर भारतको राष्ट्रिय झन्डाले छोपेकी छन्, जुन दृश्यमाथि आपत्ति जनाइएको छ । फिल्म ६ मार्च अर्थात् यही आउँदो शुक्रबार रिलिज हुँदैथियो । फिल्म ‘डर्टी पोलिटिक्स’विरुद्ध मुद्दाको सुनुवाइ गर्दै अदालतले भनेको छ, ‘यो फिल्म अहिले रिलिज हुँदैन । जब यसको विवादित सीन हटाइन्छ अनिमात्र रिलिज गर्न दिइने छ ।’ मुद्दा दायर गर्ने निवेदकले आफ्नो रिटमा भनेका छन्, ‘फिल्मको केही सीनमा राष्ट्रझन्डाको अपमान गरिएको छ ।’
निवेदनकर्ताले अदालत र सेन्सर बोर्ड तथा सम्बन्धीत प्रशासनलाई पनि नोटिस जारी गरेका छन् । हुन त यो नै पहिलो घटना होइन, यसअघि पनि फिल्मको सीनमाथि आपत्ति जनाउँदै मुद्धा परेको थियो । यसअघि हैदराबाद अदालतमा राष्ट्रको अपमान गरेको भन्दै मुद्धा परेको थियो । त्यसैले फिल्मको रिलिज मिति सरेको थियो । नत्र यो फिल्म १३ फेबु्रअरीमै रिलिज हुनेथियो । अहिले आएर फेरि मुद्दा परेकाले यो फिल्म शुक्रबार रिलिज हुनेमा शंका उब्जेको छ ।
यस फिल्मका निर्देशक केसी बोकाडियाले एक अन्र्तवार्तामा भनेका छन्, ‘मेरो यो फिल्म १३ फेबु्रअरीमै रिलिज हुनेवाला थियो । तर ‘घाघरा’ गीत धेरै लोकप्र्रिय भइरहेको थियो । गीतले रकर्ड पनि राखेको छ ।’ भनिन्छ, यो फिल्म राजस्थानको चर्चित भँवरीदेवी हत्याकान्डमा आधारित छ । तर, निर्माणपक्षले भने यसलाई इन्कार गरेका छन् ।

Comments