अम्बरको स्वास्थ्यमा सुधार
screennepal
प्रकाशित: २०७१, १९ फाल्गुन मंगलवार
no img

काठमाडौं । बरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएको छ । राष्ट्रिय गानको संगीतकारसमेत रहेका गुरुङ गत बिहीबार अचानक आफ्नै निवासमा लडेपछि उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । गुरुङको स्वास्थ्य सधारबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

aaa
पत्रकार सम्मेलनका संगीतकार गुरुङका छोरा राजु गुरुङलगायत उनका परिवार र उपचारमा संलग्न डाक्टर चक्रराज पान्डे सहभागी थिए । डा. पान्डेले गुरुङको स्वास्थ्यमा सुधार आएको जानकारी गराएका थिए । ७८ वर्षीय संगीतकार गुरुङ केही वर्षयता बुढ्यौलीसँगै पार्किन्सन्स मधुमेहले कमजोर भएका छन् । कमजोर शारीरिक अवस्था भएकै कारण उनी घरमाढलेका थिए । डा. पान्डेले भने, ‘हामीले उहाँको उच्च निगरानी राखेर उपचारमा गरेका थियौं ।’ गुरुङको उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने जनाएको छ । तर, यदि सरकारले नबेहोरे पनि अस्पतालले बेहोर्ने पान्डेले बताए । ग्रान्डीका मेडिकल निर्देशक समेत रहेका डा. पान्डेले भने, ‘सरकारले यदि बेहोर्दैन भने अस्पतालले बेहोर्ने छ । कलाकार तथा स्रष्टा भनेको राज्यको सम्पति हुन् । त्यसैले अस्पतालले एकजना स्रष्टाका लागि खर्च बेहोर्न तयार छ ।’

ambar

Comments