आधा दर्जन कलाकार मलेसियातिर …
screennepal
प्रकाशित: २०७१, ५ फाल्गुन मंगलवार
no img

sunita dulal

काठमाडौं । एनसेलको प्रायोजनमा मलेसियामा हुने सांगीतिक कार्यक्रमका लागि एक कलाकार टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीमा चर्चित गायक शिव परियार, लोकगायिका सुनिता दुलाल, नायिका प्रियंका कार्की, लोकगायक खुमन अधिकारी, हास्य अभिनेत्री दीपाश्री निरौला र दीपकराज गिरी सहभागी छन् । एनसेलको ‘सांगीतिक टुर’अन्र्तगत २० फ्रेबु्रअरीमा मलेसियाको जारबारुस्थित बेरजया वाटरफल होटल र २१ मा क्लालाम्पुरको चिन उ अडिटोरियम र जलान स्टुडियममा कार्यक्रम हुँदै छ, जहाँ यी नेपाली कलाकारले आफ्नो प्रस्तुती दिने छन् । केही दिनअघि मात्र २० दिनको अमेरिका बसाईंपछि नेपाल फर्केकी गायिका सुनिताले त्यहाँ कार्यक्रम सञ्चालन गर्नुका साथै आफ्ना चर्चित गीत प्रस्तुत गर्ने बताइएको छ । कार्यक्रममा नायिका प्रियंकाले नृत्य गर्दैछिन् भने अन्य कलाकारले आ–आफ्नो बेजोड प्रस्तुती दिनेछन् ।

Comments