भ्यालेन्टाइनमा ‘लभवर्ड’ घोषणा
screennepal
प्रकाशित: २०७१, २ फाल्गुन शनिबार
no img

barsha-pal6

काठमाडौ । प्रेम दिवशका रुपमा प्रचलित ‘भ्यालेन्टाइन–डे’ को अवसरमा शनिबार ‘लभवर्ड’ नामक चलचित्रको घोषणा गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित ‘लभबर्ड’ रोमान्टिक चलचित्र बन्ने निर्माणपक्षको जनाएको छ ।
चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय कार्यकारी निर्माता रहेको ‘लभबर्ड’ को निर्देशन सुरेश दर्पण पोखरेलले गर्ने भएका छन् । यसै चलचित्रमार्फत म्युजिक भिडियोमा जम्दै आएका मोडल पल शाह र बर्षा राउत नायक÷नायिकाका रुपमा डेब्यु गर्दैछन् । चलचित्रमा सलोन बस्नेतको पनि मुख्य अभिनय रहने भएको छ । चलचित्र घोषणा कार्यक्रममा शान्तिप्रियले भने, ‘चलचित्र प्रेमकथामा आधारित भएकाले भ्यालेन्टाइन डेका दिन घोषणा गरेका हौं । वर्कशपपछि हामी बैशाखमा फ्लोरमा जानेछौं ।’  तस्बिर : अनलाइन खबरबाट

barsha-pal7

Comments