तुल गुरुङको ‘भट्टीको मिठो सुकुटी’
screennepal
प्रकाशित: २०७१, २ फाल्गुन शनिबार
no img

selo2

काठमाडौं । गायक तुल गुरुङको नयाँ गीत ‘भट्टीको मिठो सुकुटी’को म्युजिक भिडियो तयार भएको छ । गोदावरीको विभिन्न स्थानमा छायांकन गरिएको सो म्युजिक भिडियोलाई टेकक्षिरिङ लामाले निर्देशन गरेका हुन् ।
‘भट्टीको मिठो सुकुटी’ म्युजिक भिडियोमा मोडल राजु लामा र जस्मिन श्रेष्ठले अभिनय गरेका छन् । जीवन खत्रीको शब्द तथा रमेश पाठकको संगीत रहेको यस गीतको भिडियोको छायांकन नविन गुरुङले गरेका छन् । अनुप गिरीको सम्पादन रहेको म्युजिक भिडियोलाई जिनियश डिजिटल म्युजिकले निर्माण गरेको हो । यसै साता भिडियो सार्वजनिक गरिने निर्देशक गिरिले बताए ।

selo

Comments