‘भ्यालेन्टाइन्स–डे’ मा आनन्द र सविना
screennepal
प्रकाशित: २०७१, १ फाल्गुन शुक्रबार
no img

काठमाडौं । भ्यालेन्टाइन्स डेको अवसरमा गायक आनन्द कार्कीले आफ्ना लोकप्रिय रोमान्टिक गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । दर्जनौं रोमान्टिक गीतका यी गायकले १४ फेब्रुअरी (शनिवार)कै दिन आयोजना हुने आफ्नो एकल गायन कार्यक्रममा आफ्ना कालजयी गीत प्रस्तुत गर्न लागेका हुन् । रोटरी क्लब अफ जावलाखेलले होटल याक एण्ड यतिमा आयोजना गर्ने ‘एन इभिनिङ विद आनन्द कार्की ः द म्युजिकल इभेन्ट’ मा गायक कार्कीले करिब डेढ दर्जन गीत प्रस्तुत भएका छन् ।

Ananda Karki and Sabina Karki
कार्यक्रममा आनन्दले ‘भरे आउ“छु सपनीमा’, ‘यी हल्लाहरु हुन्’, ‘गए जाला ज्यान’सहितका गीतहरु गाउनेछन् । गायक कार्कीको एकल गायन कार्यक्रममा गायिका सविना कार्कीले पनि साथ दिने भएकी छन् । कार्यक्रममा सविनाले केही एकलसहित आनन्द कार्कीलाई युगल गीतमा साथ दिनेछिन् । एकल गायन कार्यक्रममा सात जना बाद्यवादकले लाइभ म्युजिकमार्फत गायक–गायिकालाई साथ दिने बताइएको छ । सांगीतिक समुह भ्वाइस द ब्याकअप ब्याण्डका संगीतकर्मीहरु वाद्यवादकको रुपमा सहभागी हु“दैछन् । जसअनुसार ढोकलमा भिपि सिंह, तबलामा कुन्दन शशांकर, बा“सुरीमा सम्पूर्ण लामा, किबोर्डमा प्रदीप श्रेष्ठ, बास गिटारमा अनुप दास, लिड गिटारमा रोशन शर्मा तथा ड्रमरको रुपमा रुपेश सिंह रहनेछन् ।

Ananda Karki

Comments