‘युद्धपीडित’ महिलालाई हेर्ने जोलीको आँखा
screennepal
प्रकाशित: २०७१, २९ माघ बिहीबार
no img

लस एन्जलस । केही वर्षयता हलिउड अभिनेत्री एन्जेलिना जोली समाजसेवा केन्द्रित भएर काम गर्दै आएकी छन् । विशेषगरी उनी महिला तथा बालबालिका केन्द्रित छिन् । असाहय तथा अपांगता भएकालाई त यसअघि पनि हेर्दैआएकी थिइन्, तर अब उनले युद्धग्रस्त क्षेत्रका महिलाका लागि पनि विशेष ध्यान दिएकी छन् । अहिले आएर जोलीले संसारका युद्धग्रस्त स्थानमा हुने महिलाहिंसाबारे अध्ययन गर्ने सेन्टर स्थापना गरेकी छन् ।

Angelina-Jolie (1)
हालै बेलायतस्थित लण्डन इकोनोमिक्स स्कुलमा सेन्टरको उद्घाटन गर्दै जोलीले इराक, सिरियाजस्ता युद्धग्रस्त क्षेत्रमा महिलामाथि हुने हिंसाका सन्दर्भमा सेन्टरका विद्यार्थी तथ्य पत्ता लगाउने आशा ब्यक्त गरिन्, जहाँ उनले आफ्ना नयाँ योजनाहरु प्नि सुनाएकी थिइन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगकी सद्भावना दूतसमेत रहेकी अभिनेत्री जोलीले युद्धग्रस्त क्षेत्रमा महिला तथा किशोरीमाथि हुने हिंसा उल्लेख गरेकी छन् । युद्धका बेलामा हुने महिला माथिका विभिन्न हिंसाका पीडितले न्याय नपाउने भएकाले सेन्टरको स्थापना गरेको जोलीले बताएकी छन् ।

Comments