आयो म्युजिक एटिएमः उभो लाग्ला संगीत उद्योग
screennepal
प्रकाशित: २०७१, २८ माघ बुधबार
no img

संगीतप्रेमीलाई खुसीको खबर- अब एटीएमबाट पैसा निकालेजस्तै गीत किन्ने पाइने छ । साथमा पेनड्राइभ होस् या मोबाइल वा सीडी नै, तु डाउनलोड ।

र, यो खुसीको खबर- पाइरेसी पीडित संगीतकर्मीहरूका लागि पनि । म्युजिक एटीएम प्रणालीले पाइरेसी हुनबाट पनि रोक्नेछ ।

पाइरेसी न्यूनीकरणका विभिन्न पहलअन्तर्गत म्युजिक नेपालले विभिन्न सांगीतिक संस्थाहरूको सहकाMusic-ATM_20150211082122र्यमा ‘म्युजिक एटीएम सिस्टम’ लञ्च गर्न लागेको हो । ‘सबै तयारी भइसकेको छ,’ म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्माले भने, ‘छिट्टै सार्वजनिक गर्दैछौं ।’ हाल तयारी अवस्थामा रहेको ११ वटा म्युजिक एटीएम मेसिन केही दिनभित्रै सहरका विभिन्न थलोमा राखिँदै छ । एकमहिने परीक्षणकालपछि संख्या थपेर सय पुर्‍याइने उनले बताए ।

पछिल्लो ६ वर्षयता डिजिटल प्रविधि कारण गीत/संगीतका एल्बम बिक्री लगभग १ प्रतिशतमा झरेको उल्लेख गर्दै उनले नयाँ विकल्पका रूपमा ल्याउन लागेको एटीएम प्रणालीले सर्जकलाई ‘राहत’ दिने बताए । ‘सिर्जना चोरी र कपी हुने समस्याको न्यूनीकरणमा यो एउटा वैज्ञानिक प्रयोग हुनेछ,’ उनले दाबी गरे । उनका अनुसार कम्पनीमा गीत वा सीडी किन्न गए जस्तै ग्राहकले एटीएम सिस्टममा भौचर नम्बर पाउँछन् । जुन गीत किन्न खोजेको हो त्यही गीतको भौचर कोड नम्बर एटीएममा डाइल गरे पेनड्राइभ, सीडी, मोबाइल लगायतमा डाउनलोड हुनेछ ।

‘यसरी किनिएको गीत अन्यले कपी गर्न वा पुनः डाउनलोड गर्न नमिल्ने हुन्छ,’ शर्माले भने, ‘यसपछि पाइरेसीको सम्भावना नै खतम ।’ प्रतिक्रिया र प्रभाव अनुगमन गरेर देशभर एटीएम विस्तार गर्ने योजना रहेको पनि उनले बताए ।

बजारमा गीत वितरण प्रभावकारी र वैज्ञानिक नभएका कारण दैनिक लाखौं सिर्जना चोरी भइरहेको र कलाकार मारमा परेको गुनासो गर्दै शर्माले अब सर्जकको आर्थिक अवस्था पनि उकास्न पनि यो प्रणालीले सघाउने बताए ।

उनका अनुसार एटीएम सिस्टमबाट कलाकारले १५ प्रतिशत रोयल्टी पाउने छन् । एटीएम सञ्चालनका लागि प्रस्तोता समाज, गीतकार संघ, उत्पादक संघ, संगीत रोयल्टी संकलन समाजलगायत संगीतसम्बद्ध विभिन्न संघसंस्थासँग सम्झौता भइसकेको छ । शर्माले विभिन्न मुलुकमा मेसिनबाट म्युजिक किन्ने प्रचलन रहेको भए पनि नेपालमा सञ्चालनमा ल्याउन लागिएको प्रणाली निकै आधुनिक रहेको दाबी गरे । मंगलबार अनामनगरस्थित म्युजिक नेपालमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले म्युजिक एटीएमको अवलोकन गरेका थिए ।

कान्तिपुरबाट

Comments