एचएसबीसी बैंकमा महिमाको कालोधन !
screennepal
प्रकाशित: २०७१, २७ माघ मंगलवार
no img

मुम्बई । कालोधनको सुचिमा बलिउड कलाकार पनि जोडिन थालेका छन् । यस सुचिमा बलिउड अभिनेत्री महिमा चौधरीको नाम अगाडि आएको छ । हालै एक अंग्रेजी पत्रिकाले कालोधनको सुचिमा परेका १ हजार १ सय ९५ जनाको सुचि सार्वजनिक गरेको छ, जसमा अभिनेत्री महिमाको पनि नाम छ ।

mahima
सार्वजनिक गरिएका व्यक्तिहरुको एकाउन्ट एचएसबीसी बैंकमा रहेको छ । यतिमात्र नभइ उनीहरुको हाल एकाउन्टमा कति पैसा छ भन्ने समेत उल्लेख गरिएको छ । सो पत्रिकाका अनुसार १ हजार १ सय ९५ को एकाउन्टमा जम्मा २५ हजार ४ सय करोड रुपैयाँ रहेको छ । तर, महिमा चौधरीको खातमा कति पैसा छ भन्नेचाहिँ खुलाइएको छैन ।
सार्वजनिक गरिएका नाममा महिमालगायत स्वर्गीय बाल ठाकरेकी बुहारी स्मिता ठाकरे, मुकेश अम्बानी, अनिल अम्बानी, सुरिन्दर कपुर र परनित कौरजस्ता ठूला नाम छन् । उनीहरुको नाम कालोधन लुकाउनेको सुचिमा परेको हो ।
समाचारमा जनाइएअनुसार चाँडै भारत सरकारले कालोधन लुकाउने थप ६० जना एकाउन्ट होल्डर्सको नाम सार्वजनिक गर्दैछ । ती ६० जनाको एकाउन्टमा १५ सयदेखि १६ सय करोड रुपैयाँसम्म कालोधन हुनसक्ने अनुमान गरिएको छ । जसलाई भारत सरकारको इनकम टेक्स विभागले जाँच्न सक्ने छन् ।

Comments