धरानको सभाहलमा गुञ्जिए भुवन सुप्तिहाङ
screennepal
प्रकाशित: २०७१, २४ माघ शनिबार
no img

शुक्रबार दिउँसो । स्थान : धरानको भाुनचोकस्थित सभागृह । ढल्किँदै गरेको दिनलाई दर्शकको चहलपहलले चुनौती दिँदैथियो । गर्मीँदो मौसममा दर्शकदीर्घाको भीडले माहौल झनै तात्यो । दर्शक÷श्रोता गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईलाई सुन्न आतुर थिए, जहाँ भुवन एकल गायनमा प्रस्तुत हुँदैथिए । दर्शकको तालीसँगै प्रस्तुती सुरु गरेका भुवनले उपस्थित दर्शक÷श्रोतालाई साँझ सात बजेसम्म आफूसँगै रमाउन सफल भए ।
प्रशंग, ‘छैटौ भुवन एकल साँझ–२०७१’ को हो । धरानमा थुप्रैपटक सांगीतिक कार्यक्रम गरेको भएपनि शुक्रबार भुवन एकल प्रस्तुत हुँदैथिए । नेपाली सुगम संगीतमा छुट्टै पहिचान बनाएका भुवनले कार्यक्रममा आफ्ना नयाँ तथा पुराना चर्चित करिब एक दर्जन गीत सुनाएका थिए ।

bhuwan suptihang rai

अनाथ, असहाय तथा अपांगता भएका बालबालिकाको सहयोगार्थ ‘भुवन एकल साँझ’ मा प्रस्तुत भएका उनले कार्यक्रममा प्रियातिमीले, काम गरेनि कसै अपजस त पाकै छ, आइडी छ कि छैन बहिनी, किनेको माया मुटुमा, आँसुको दाग यो, इलाम बजार घुम्ने रहर, मायाको फूल टिपीलगायतका गीत सुनाउँदा दर्शक चुप लागेर बस्न सकेनन्, भुवनले आफ्नो चर्चित गीत ‘मायाको फूल टिपी’ गाइरहँदा दर्शक फ्लोरमै पुगेका थिए । भुवनले कार्यक्रममा आफ्नो आगामी एल्बमका केही गीत पनि सुनाएका थिए ।
भुवनले हङकङ, भारतको सिक्किम, नेपालको खोेटाङ, संखुवासभा, काठमाडौंलगायतका स्थानमा एकल सो गरिसकेपछि धरानमा एकल प्रस्तुत भएका हुन् । भुवनलाई गायनमा साथ दिन काठमाडौंबाट गायिका मेनुका राई धरान पुगेकी थिइन् । भुवनको एकल प्रस्तुतीलाई चर्चित आरजे हेमराज सुबेदीले अझ रोचक बनाएका थिए । रेडियो कान्तिपुर आरजे सुबेदी भुवनकै कार्यक्रम सञ्चालन गर्नका लागि धरान पुगेका हुन् ।
कार्यक्रममा बरिष्ठ लोकगायक एलपी जोशी, गायिका मेनुका राई, गायक सुमन श्रेष्ठ, चिराग भट्टराईलगायतले पनि गीत सुनाए । कार्यक्रममा रुन्चे काईँलाले हास्य व्यंग्य र मिथुन ठाकुरले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दिउँसो साढे २ बजे सुरु भएको कार्यक्रम निरन्तर साँझ ७ बजेसम्म चलेको थियो । भुवनले हालसम्म पाँच एल्बम ल्याइसकेका छन् । उनले ०६० सालमा ‘तिम्रो माया’, ०६५ मा ‘सजेशन’, ०६७ मा आलोक श्रीको एकल संगीतमा ‘मायाको फूल’ र ०७० सालमा ‘बदनाम’ एल्बम बजारमा ल्याइसकेका भुवनले चाँडै छैठौ एल्बमकम रुपमा  ‘सम्मान’ ल्याउँदैछन् ।

Comments